+977-1-5269589 diarynepalinfo@gmail.com Kathmandu, Nepal
Loading...
Public Notice

Triveni Municipality

Municipality Office
Share this information

बाजुरा जिल्लको सदरमुकाम मार्तडी देखी दक्षिण भेगमा रहेको यो नगरपालिकाको नामाकरण यसै क्षेत्रको पर्यटकिय तथा धार्मिक स्थल त्रिवेणीको संगम स्थलको नाम बाट त्रिवेणी रहन गएको हो । राज्य पुर्नसंरचनाको क्रममा साविकका छतारा, तोली र कैलाशमाण्डौ गाविस मिलेर त्रिवेणी नगरपालिका बनेको हो । जनसंख्या र क्षेत्रफलको हिसाबले यो नगरपालिका जिल्लाकै तेस्रो ठुलो नगरपालिका हो । यस नगरपालिकाको श्री बडिमालिका मन्दिर, पैमागाउँमा रहेको बडिमालिका मन्दिरको भण्डा गृह, नाटेश्वरी मन्दिर, मौरे क्षेत्र, छतारा माईको मन्दिर, शैमाण्डौ, मष्टा देबताका मन्दिरहरु र कैलाश देवताका स्थानहरु यस क्षेत्रका प्रमुख धार्मिक तथा ऐतिहासिक गन्तब्य स्थलहरु हुन । यस नगरपालिकामा प्राकृतिक रुपमा सुन्दर एंव रमणिय स्थलहरु रहेका छन् । मुख्य रुपमा सुन्दर किम्नी झरना, धवलपुरी दह, त्रिवेणी पाटन जस्ता रमणिय स्थानहरु पर्यटक स्थलका रुपमा आकर्षण बनेका छन । त्रिवेणी पाटन र बडिमालिका मन्दिर वरपरका ठाउमा विभिन्न प्रकारका जडिबुटीहरु पाइन्छन । यो नगरपालिका बनजङ्गलले भरीपुर्ण नगरपालिका हो । चराचुरुङ्गिमा डाफे, कालिज, बदेल, घोर झलर र रतुवा जस्ता दुर्लभ बन्य जन्तु यसै नगरपालकामा पाइन्छन । मालागाड, मानागाढ र कासेगाड खोला यस नगरपालिकाका उर्जाका प्रचुर सम्भाबना भएका खोला हुन । त्रिवेणी नगरपालिकाको जम्मा क्षेत्रफल १७०.३२ वर्ग किलो मिटर अर्थात १८१५८ हेक्टर रहेको छ । यस नगरपालिकाको केन्द्र वडा नं. ४ तोली, टुडेगडामा रहेको छ । यस नगरपालिकाको पुर्वमा कालिकोट जिल्ला, उत्तरमा बडिमालिका नगरपालिका, पश्चिममा बुढीगंगा नगरपालिका र दक्षिणमा अछाम जिल्ला रहेको छ । बाजुरा जिल्लामा रहेको बुढीगंगा नदी यसै नगरपालिकाको दक्षिण सिमाना हुदै बग्ने गर्दछ । क्षेत्रफल: १७०.३२ वर्ग कि.मि केन्द्र: वडा नं. ४, तोली, टुडेगडा

Facility & Service Details
Chairman
Karna Bahadur Thapa-9865642365
Vice- Chairman
Kamala Kumari Jaishi (Neupane)-9848644791
Chief Administrative Officer
Buddhi Prasad Upadhyay -9858071744
Contact Information
Join Our Community
Help Us Improve

Notice something wrong? Help us keep Diary Nepal accurate for everyone.