+977-1-5269589 diarynepalinfo@gmail.com Kathmandu, Nepal
Loading...
Public Notice

Thalara Rural Municipality

Municipality Office
Share this information

नेपालको संविधान जारी भए पश्चात भएको राज्य पुनर्संरचना बमोजिम गठित ७५३ स्थानीय तहहरु मध्येको एक थलारा गउँपालिका विगत देखि नै आफ्नो विशिष्ट अस्तित्व र पहिचान बोकेको क्षेत्र हो । साविकका पाँच वटा गा वि स.हरु दंगाजी, पाराकाट्ने, कोटभैरव, कोइरालाकोट र मालुमेला मिली बनेको थलारा गाउँपालिका सूदुर पश्चिम प्रदेश को सिरानी, खप्तड राष्ट्रिय निकुन्जको काख र अनुपम प्राकृतिक सम्पदाले भरिपूर्ण अतीनै महत्वको धार्मिक पर्यटकीय क्षेत्र हो । साइपाल हिमालको हिमशृंखला कोखबाट अनवरत रुपमा थुप्रै स्रोत साथमा लिएर वगिरहेको सेती नदीको तटसंग यो गाउँपालिका जोडिएको छ । पुर्वी सिमानामा खप्तडछन्ना गा।पा। र खप्तड राष्ट्रिय निकुञ्ज अवस्थित छ । यस गाउँपालकिाको पश्चिममा डोटी जिल्ला र वित्थडचिर गा।पा। , उत्तरमा केदारस्युँ दुर्गाथली र छबिसपाथिभेरा गा.पा. र दक्षिणमा डोटी जिल्ला र खप्तड राष्ट्रिय निकुन्ज रहेको छ । त्यसै गरी अक्षांश २५ डिग्री १३ मिनेट उत्तर ३० डिग्री ५७ मिनेट उत्तर र देशान्तर ५० डिग्री ५६ मिनेट पूर्व ८१ डिग्री ५६ मिनेट पूर्वमा अवस्थित रहेको छ । बझाड जिल्लाको दक्षिणी भागमा अबस्थित थलारा गाऊपालिका थलारा कै सबभन्दा होचो भाग सेती नदि को किनारा देखी दक्षिणमा रहेको खप्तड राष्टिय निकुन्ज सँग जोडिएका उच्च पहाडी भागहरु विविधतायूक्त उचाई मा रहेको छ । नेपालको भु बनोट दक्षिण तराई देखी उत्तरको हिमाल सम्म उचाई बढदै गएको छ भने थलाराको भुबनोट उत्तर देखी दक्षिण तिर उचाई बढदै गएको छ । पूर्ण रुपमा ग्रामीण बस्ती रहेको यस क्षेत्रका जनताको मूख्य आय श्रोत कृषि र पशुपालमा नै निर्भर रहेको छ । यहाँका रमणीय फाँटहरु बझाङ्ग जिल्लाकै अन्न भण्डार हुन् । खप्तड राष्ट्रिय निकुञ्जको सबै भन्दा छोटो दुरीको प्रवेशद्वार पनि थलारा गाउँपालिका हो । पर्यटन पूर्वाधारको विकास गर्नु गाउँपालिकाको आयश्रोतको बृद्धिको प्रमुख आधार हो । उच्च पहाडी देखि बेसीसम्म फैलिएको भौगोलिक संरचना, विविधता युक्त बनस्पति तथा जडिवुटीहरुको उपयोग एवं निकासीबाट समेत मनग्गे आय गर्ने सम्भावना छ । साइपाल हिमालको हिमशृंखला कोखबाट अनवरत रुपमा बगिरहेको सेती नदी, विभिन्न खोला तथा झरनाहरु गाउँपालिकाका रक्त संचार हुन् । प्रकृतिका उपहारहरु हुन् । आर्थिक, सामाजिक, भौतिक विकास, वातावरण संरक्षण र समग्रमा मानव विकासका सम्भावनाहरुको पहिचान गरी गाउँपालिका भित्र उपलब्ध श्रोत साधनको अधिकतम उपयोग गर्दै समृद्ध र आत्म निर्भर थलारा गाउँपालिका बनाउनु हाम्रो चाहना हो ।

Facility & Service Details
Chairman
Prakash Bahadur rokaya-9851310645
Vice- Chairman
Ram Bahadur Khati-9848724622
Chief Administrative Officer
Madhav Prasad Joshi-9858490939
Contact Information
Join Our Community
Help Us Improve

Notice something wrong? Help us keep Diary Nepal accurate for everyone.