Soru Rural Municipality
Municipality Officeकर्णाली प्रदेश अन्तर्गतका स्थानिय तहहरु मध्ये सोरु गाउँपालिका नेपालको संबिधान २०७२ को धारा २९५ को उपधारा (३) बमोजिम गठित गाँउपालिका, नगरपालिका, स्वायत्त, संरक्षित वा विशेष क्षेत्रको नाम, संख्या तथा सिमाना निर्धारण आयोगको सिफारिसमा बनेको ७५३ वटा स्थानीय तह मध्यको एक हो जैविक विविधताले भरिपूर्ण यो सोरु गाउँपालिका साविकका नार्थपू, भिई फोतु, जिमा, कालै रारा र धैन लगाएतका गाउँ विकास समितिहरु मिलेर बनेको यस गाउँपालिका ३६५.८ वर्ग कि.मि.मा फैलिएको यो गाउँपालिकामाजम्मा ११ वटा वडा रहेका छन । भौगोलिक रुपमा बिकट र दुर्गम भएता पनि सोरु गाउँपालिकाको भौगोलिक, व्यवसायिक, वातावरणीय, धार्मीक, एतिहासिक, पर्यटकिय लगायतका विभिन्न बहु आयमिक पक्षहरुवाट महत्वपुर्ण पहिचान रहेको छ । स्थानिय ठकुरी, क्षेत्री, ब्रामण, दलित, योगी, कुमाल, हरूजस्ता जात जातिहरुको मुख्य वाहुल्यता रहेको यस गाउँपालिकाको कुल जनसंख्या रहेको १४२७७ छ। जसमा पुरुष जनसंख्या रहेको ४९.२५ प्रतिशत भने महिला जनसंख्या ५०.८ प्रतिशत रहेका छ। सबै भन्दा वढि जनसंख्या वडा नं ६ मा छ भने सबै भन्दा कम जनसंख्या वडा नं १ मा छ । जातियताका आधारमा सोरु गाउँपालिकामा मुख्यतः क्षेत्री जातिको बसोवास रहेको छ र त्यस पछिको जनसंख्या ठकुरी, दलित र ब्राहमण पहाडको छ । यस गाउँपालिकाका मुख्य उत्पादनको रुपमा स्याउ, आलु, मकै, फाप, कोदो, सिमी, मास, कपास, चिनो, कागुनो, रहेका छन भने उच्च भु-भागमा अति मुल्यवान र महत्वपुर्ण जडिबुटी जस्तै सिलाजित, चिराइतो, कटुको, मजिटो, पाँचऔले, गुच्ची च्याउ, रातो च्याउ, गदान्नो, भोजपत्र, अतिस, सेतो चिनि आदी पाइन्छ ।