+977-1-5269589 diarynepalinfo@gmail.com Kathmandu, Nepal
Loading...
Public Notice

Shailya Shikhar Municipality

Municipality Office
Share this information

नेपाल राज्यको पुनः संरचना संगै नेपाल राज्यको सुदूरपश्चिम प्रदेश अन्तर्गत दार्चुला जिल्लाको साविकका गोकुलेश्वर, वोहरीगाँउ, ग्वानी, देथला, शिखर र रानीशिखर गरी ६ वटा गा.वि.स.साविकको संरचनालाई गाभि मिति २०७३ फागुन २७ मा स्थापना भएको शैल्यशिखर नगरपालिका हिन्दुहरुको मुख्य एवम् पवित्र धार्मिक तिर्थ स्थल जगतपुरी शिवधामको प्रवेश द्वारको रुपमा वैतडी जिल्ला संग सिमाना जोडिइ चौलानी नदीको किनारमा अवस्थित नगरपालिका विश्वमानचित्रमा २९ डिग्री ४० मिनेट उत्तरी अक्षाश र ८० डिग्री ३३ मिनेट पुर्वि देशान्तर सम्म फैलिएको यस नगरपालिकाको पूर्वमा मार्मा गाउँपालिका, पश्चिममा लेकम,गाँउपालिका र मालिकार्जुन गाँउपालिका उत्तरमा नौगाड गाउँपालिका र महाकाली नगरपालिका दक्षिणमा दार्चुला र वैतडी जिल्लाको सिमानामा रहेको चमेलिया नदि संग बैतडी जिल्ला सिमाना जोडिएको छ।शैल्यशिखर नगरपालिकाको कुलक्षेत्रफल ११७.८१ वर्ग कि.मी. रहेको शैल्यशिखर नगरपालिका उच्च हिउँ पर्ने हिमाली क्षेत्र देखि नदी किनारामा रहेका फाँटहरुलाई समेटेर बनेको छ ।किमदन्ति अनुसार दार्चुला जिल्ला सदरमुकाम खलङ्गा स्थित नेपाल तर्फका दुई पहाड र भारत तर्फको एक पहाड फेदिवाट हेर्दा धार परेको जस्तो स्थानिय चुल्होको आकारमा चुचुरो देखिन्छ।प्राचिन कालमा शैल्यशिखर हिमालवाट शैल्यशिखर ऋषि तपस्या गरी फर्कदा यी तीन धारहरुको चुल्हो वनाई भात पकाई खाएको पौराणिक कथन रहेको छ ।स्कन्द पुराणमा अर्जुन पर्वतको वारेमा उल्लेख गरेको पाईन्छ।हालको महाकाली नगरपालिका अन्तर्गत दत्तु र धापको टुप्पो,मालिकार्जुन गाउँपालिका अन्तर्गत मडको टुप्पो र शैल्यशिखर नगरपालिका अन्तर्गत ग्वानीको टुप्पो शिखर रहेको करिव १२ देखी १५ कि.मी.को दुरीमा फैलिएको लामो नागवेलि आकारका बलशिखर,न्वालिपानि,मौतामौती शिखरहरुको मिश्रित रुप नै पौराणिक अर्जुन पर्वत हो।यस्ता पौराणिक घटना र हालको अवस्थितिले पौराणिक कालमा यस क्षेत्रमा मानव वसोवास क्षेत्र रहेको र ऋषिमुनिहरुको तपोभूमी र देवताहरुको निवास स्थलको रुपमा देवभूमी रहेछ भन्ने कुरा देखिन्छ।भगवान शिव मालिकार्जुन अवतारको रुपमा यस क्षेत्रमा विराजमान रहेका कुरा स्कन्द पुराण मानसखण्डले पनि पुष्टी गरेको छ ।यसै पर्वतमा पार्वती रुप मालिकादेविको समेत वास गरेकोले अर्जुन र मालिकाको समेत वास भएकोले अर्जुन र मालिकाको योगले यस क्षेत्रलाई शैल्यशिखर मालिकार्जुन नाम रहन गएको किमदन्ति रहेको पाईन्छ ।धार्मिक एवं साँस्कृतिक शक्तिपिठहरु मौलिक साँस्कृति, प्राकृतिक सम्पदाले भरिपूर्ण रहेकोले शैल्यशिखर नगरपालिका पर्यटनको प्रचुर सम्भावना बोकेको छ । प्रकृतिको अनुपम नमुनाको रुपमा जैविक विधितता तथा प्राकृतिक सम्पदाले भरिपूर्ण र विविध जातजाती, भाषाभाषी धर्मावलम्बिहरुको साझा बसोबास रहेको र दार्चुला जिल्लाको सदरमुकाम पछिको द्रोश्रो ठूलो शहरको रुपमा चिनिने गरिन्छ ।

Facility & Service Details
Chairman
Bijay Singh Dhami-9846686017
Vice- Chairman
Shanti Khadayat-9868777888
Chief Administrative Officer
Hit Prasad Paudel-9851450966
Contact Information
Join Our Community
Help Us Improve

Notice something wrong? Help us keep Diary Nepal accurate for everyone.