+977-1-5269589 diarynepalinfo@gmail.com Kathmandu, Nepal
Loading...
Public Notice

Sanni Triveni Rural Municipality

Municipality Office
Share this information

केन्द्रिकृत एकात्मक निरंकुश शासन व्यस्थाले बर्गिय, क्षेत्रीय, भाषिक, सांस्कृतिक र लैंगिक लगायतका विभिन्न क्षेत्रगत रुपमासिर्जना गरेका विभेद र असमानताका विरुद विभिन्न राजनैतिक परिवर्तनका खातिर नागरिकले गरेका आन्दोलनका कारण राज्यले नागरिकलाई अधिकार सम्पन्न बनाउने विषयमा विभिन्न समय अधिकार प्रत्योजन हुने क्रमसंगै नेपालको संविधानको धारा ५६ अनुसार संघ, प्रदेश र स्थानीय तह गरी तिन तहको राज्य संरचना हुने व्यवस्था गरेसंगै मिति २०७३।११।२७ गते राजपत्रमा घोषणा भए अनुसार स्वशासन र स्वायत्ताको अधिकार सहित सान्नी त्रिवेणी गाउँपालिकाको स्थापना भएको हो । नेपालको कर्णाली क्षेत्रमा स्थित सान्नी त्रिवेणी गाउँपालिकाको स्थापना एउटा दीर्घकालिन सोच “व्यवसायिक, औद्योगिक तथा बहुसांस्कृतिक समुन्नत गाउँ सान्नी त्रिवेणी” का साथ २०३४ सालमा कर्णाली अञ्चलको कालिकोट जिल्लामा (साबिकको मुम्रा मेहलमुडी र रकु गा.वि.स.) भएको हो र भौगोलिक अवस्थितिलार्इ मध्यनजर गर्दै मिति २०७४/०६/०१ गते देखि नेपाल सरकार मन्त्रिपरिषदको निर्णयबाट सान्नी त्रिवेणी गाउँपालिकाको स्तरोन्नती भई सान्नी त्रिवेणी गाउँपालिका हुन गएको हो । सान्नी त्रिवेणी गाउँपालिकामा कूल ९ वडा रहेका छन् । १३६.७१ वर्ग कि.मि.को क्षेत्रफलमा फैलिएको सान्नी त्रिवेणी गाउँपालिकाको भु–आकृतिक स्वरुप करिब सबै जस हिमालि भाग रहेको छ भने यसको पूर्वमा रास्कोट नगरपालिका रहेको छ भने पश्चिममा नरहरिनाथ गा. पा को रुप्सा रहेको छ, उत्तरमा बाजुराको त्रिवेणी गाउँपालिका रहेको छ भने दक्षिणमा खाडाँचक्र नगरपालिका रहेको छ । यसको शालाखाला अधिकतम तापक्रम ३५ डिग्री र न्यूनतम तापक्रम -८ डिग्री रहेको पाइन्छ । यो समुद्री सतहदेखि १५९१ मि. (५२१८.४८ फिट) को उचाइँमा काठमाडौं देखि ७५४ कि. मि.को दूरीमा स्थित रहेको छ । २०७८ को तथ्याङ्क अनुसार यस गाउँपालिकाको कुल जनसंख्या १३४९१ (जस मध्ये महिलाः६९०३ पुरुषः६५८८ घरधरी संख्याः २४२२) रहेको छ। प्रमुख चाडपर्व स्थानीय स्तरमा बसोबास गर्ने विभिन्न जात जाती तथा समुदायका मानिसहरुको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाड पर्व मनाउने गरिन्छ । जस्तैः दशैं, तिहार, होली, मागे संक्रान्ति, कृष्ण जन्माष्टमि, बुद्ध जयन्ती,हरीतालिका तिज, शिवरात्री, पैठ पर्व, यहाँका प्रमुख चाड पर्वको रुपमा रहेको पाइन्छ । स्थापना : २०३४ साल (गाउँपालिका २०७४ असोज १ गते) भौगोलिक अवस्थिति कूल क्षेत्रफलः १३६.७१ वर्ग कि.मि, काठमाण्डौं देखि को दुरीः ७५४ कि.मि. र उचाईः १५९१ मि. जनसंख्या (२०७८ को तथ्याङ्क अनुसार) जम्माः १३,४९१ संसदीय निर्वाचन क्षेत्र नम्बर २ (संख्या १), वडा संख्या ९ सिमाना पुर्वः पूर्वमा रासकोट नगरपालिका रहेको छ भने पश्चिममा नरहरिनाथ गा. पा को रुप्सा रहेको छ, उत्तरमा बाजुराको त्रिवेणी गाउँपालिका रहेको छ भने दक्षिणमा खाडाँचक्र नगरपालिका रहेको छ ।

Facility & Service Details
Chairman
Mohan Bahadur K.C-9861932960
Vice- Chairman
Parbati Singh (Sanjyal)
Chief Administrative Officer
Prem Bahadur Baduwal
Contact Information
Join Our Community
Help Us Improve

Notice something wrong? Help us keep Diary Nepal accurate for everyone.