+977-1-5269589 diarynepalinfo@gmail.com Kathmandu, Nepal
Loading...
Public Notice

Saipal Rural Municipality

Municipality Office
Share this information

बझाङ जिल्लाको उत्तरी भागमा अवस्थित साईपाल गाउँपालिकाको कुल क्षेत्रफल १,४६७.२७ वर्ग कि.मी. रहेको छ। सामाजिक, आर्थिक, राजनीतिक, भौगोलिक, शैक्षिक, संचार र पूर्वाधारको क्षेत्रमा निकै पछाडी रहेको यो गाउँपालिका वझाङ्गको कुल क्षेत्रफल मध्य साईपाल गाउँपालिकाले लगभग ४३प्रतिशत क्षेत्रफल ओगटेको छ । जिल्ला सदरमुकाम भन्दा निकै टाडा (३२ कोष रहेको यो गाउँपालिका चीनको स्वशासित क्षेत्र तिव्वतको ताक्लाकोटसंग जोडिएको छ । भौगोलिक हिसावले काँडा गाविस ठूलो भएकोले एक मात्र गाविसलाई साईपाल गाउँपालिका बनाएका थिए । २.१ भौगोलिक अवस्थिति यस गाउँपालिकाको पूर्वमा वाजुरा जिल्ला पश्चिममा दार्चुला जिल्ला, उत्तरमा हुम्ला जिल्ला र चीनको स्वशासित क्षेत्र तिव्वत र दक्षिणमा वझाङ्ग जिल्लाको बुंगल नगरपालिका, सुर्मा गाउँपालिका र तल्कोट गाउँपालिकासँग सिमाना जोडिएको छ । समुन्दी सतहको समुन्द्री सतहको २९०३१४८" देखि २९०३६०६६" उत्तरी अक्षांश सम्म र ८१०१४' २४ देखि ८१° २४'१२" मा पूर्व देशान्तर सम्म फैलिएको छ । यस गाउँपालिका बझाङ जिल्लाको जिल्ला सदरमुकाम चैनपुर देखि ५० किमीको दुरीमा उत्तर भागमा रहेको छ । २.२ ऐतिहासिक चिनारी तथा नामाकरण यो गाउँपालिका ऐतिहासिक, प्राकृतिक तथा साँस्कृतिक रुपले महत्वपूर्ण क्षेत्र हो परापूर्वकालदेखिअहिलेसम्म यो क्षेत्र अहिलेको साईपाल गाउँपालिका) पवित्र देवभूमिकोरुपमा पनि चिनिन्छ । अग्लाअग्ला चुच्चा डाँडाहरु र काँडेदार वुटेन झारहरुले भरिएको यो भूमिमा खड्का जातका मानिसहरु बसोवास गर्न थाले। चुच्चे डाँडा र काँडायुक्त झारहरुभएको यस स्थानमा वसोवास गर्ने मानिसहरुलाई कडाल भनियो। त्यहि कँडाल शव्दलाई कँडाल जातिकोरुपमा नामाकरण गर्न थालियो । यहि डाडाँकाँडा र काँडेदार झारहरुका बीच वसोवास गर्ने कँडाल जातीको नामवाट यस पवित्र भूमिलाई काँडा भनियो । पञ्चायतकालमा यसै नामवाट काँडा गाउँ पञ्चायत र वहुदलको पुनस्थापना पश्चात यसै नामवाट काँडा गाविसको नामाकरण गरिएको जानकार बताउछन् । राज्य पुनसंरचाना भएपछि जन निर्वाचित पदाधिकारीहरुको मिति २०७४ साल असोज ८ गते बसेको पहिलो गाउँसभाले काँडा गाउँपालिकालाई नजिकरहेको साईपाल हिमालको नामवाट साईपाल गाउँपालिका राखेको हो ।

Facility & Service Details
Chairman
Manvir Bohra-9848619789
Vice- Chairman
Dolma Tamang-9868410888
Chief Administrative Officer
Shivraj Joshi-9851073529
Contact Information
Join Our Community
Help Us Improve

Notice something wrong? Help us keep Diary Nepal accurate for everyone.