+977-1-5269589 diarynepalinfo@gmail.com Kathmandu, Nepal
Loading...
Public Notice

Patan Municipality

Municipality Office
Share this information

नेपालको सुदूरपश्चिम क्षेत्रमा स्थित पाटन नगरपालिकाको स्थापना एउटा दीर्घकालिन सोच “व्यवसायिक, औद्योगिक तथा बहुसांस्कृतिक समुन्नत नमुना शहर पाटन” का साथ बि.सं. २०७१/०८/१६ सालमा महाकाली अञ्चलको बैतडी जिल्लाको पाटनमा भएको हो र मिति २०७१/०८/१६ गते देखि नै पाटन नगरपालिकाको स्थापना हुन गएको हो । यो समुद्री सतहदेखि २४३९ देखि ६९३६ फीट (११३४ मि . देखि २००० मि. ) को उचाइँमा र काठमाडौँ देखि ८३३.३ कि. मि.को दूरीमा अवस्थित रहेको छ । पाटन नगरपालिकामा जम्मा १० वटा वडा रहेका छन् । २१९.२६ वर्ग कि.मि.को क्षेत्रफलमा फैलिएको पाटन नगरपालिकाको भु–आकृतिक स्वरुप करिब मध्य पहाडी र पहाडी भूभाग रहेको छ भने यसको पूर्वमा सिगास गाउँपालिका , पश्चिममा द.न.पा / मे.न.पा , उत्तर मा सुर्नाया गा.पा / दोगाडा केदार र दक्षिणमा डडेल्धुरा जिल्ला रहेका छन् । यसको शालाखाला अधिकतम तापक्रम ३३ - ३७ डिग्री र न्यूनतम तापक्रम चिसो मौसम मा २ डिग्री सम्म रहेको पाइन्छ । राष्‍ट्रिय जनगणना २०७८ को संक्षिप्‍त नतिजा अनुसार यस नगरपालिकाको कुल जनसंख्या २९२३० रहेको छ भने यस क्षेत्रको जनसंख्या वृद्धिदर (-०.३९%) अनुमानित गरिएको छ । प्रमुख चाडपर्व स्थानीय स्तरमा बसोबास गर्ने विभिन्न जात जाती तथा समुदायका मानिसहरुको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाड पर्व मनाउने गरिन्छ । जस्तैः दशैं, तिहार, माघे संक्रान्ति , होली, गौरा, औल्के संक्रान्ति , कृष्ण जन्माष्टमि, बुद्ध जयन्ती, यहाँका प्रमुख चाड पर्वको रुपमा रहेको पाइन्छ । स्थापना : बि सं. २०७१/०८/१६ साल भौगोलिक अवस्थिति कूल क्षेत्रफलः २१९.२६ बर्ग कि.मि काठमाण्डौं देखिको दुरीः ८३३.३ कि. मि. समुद्री सतहदेखि उचाइँ : २४३९ देखि ६९३६ फीट राष्‍ट्रिय जनगणना २०७८ को संक्षिप्‍त नतिजा अनुसार जम्मा जनसंख्या : २९२३० पुरुष जनसंख्या : १३५५८ र महिला जनसंख्या: १५६७२ परिवारको औसत आकार : ४.५४ , जनघनत्‍व :१३३ परिवार संख्‍या ः ६४४२ साक्षरता दर (%) ः जम्‍मा ः ८०.५३ पुरुष ः ९१.८६ महिला ः ७१.१५ राजनैतिक बिभाजन : प्रदेश - सुदूरपश्चिम, अंचल - महाकाली , जिल्ला - बैतडी प्रदेश संसदीय निर्वाचन क्षेत्र : १ प्रतिनिधिसभा निर्वाचन क्षेत्र संख्या : १ क्षेत्र नं. 'क ' भित्र पर्ने वडा संख्या : १० प्रशासकीय भवन ः ०१ स्वास्थ्य चौकी ः ०८, प्राथमिक स्वास्थ्य केन्द्र ः ०१, स्वास्थ्य चौकी ः ०८, आधारभूत स्वास्थ्य सेवा केन्द्र ः ०१, शहरी स्वास्थ्य क्लिनिक ः ०५, सुरक्षित प्रसुति केन्द्र ः ०६, खोप क्लिनिक ः ४१, गाउँघर क्निलिक ः ३८ सिमाना पुर्वः सिगास गाउँपालिका, पश्चिममा : दशरथचन्द.न.पा / मेलौली.न.पा , उत्तरः सुर्नया गा.पा / दोगडाकेदार गा.पा. दक्षिणः डडेल्धुरा जिल्लाको सिमाना ।

Facility & Service Details
Chairman
Gauri Singh Rawal-9858782112
Vice- Chairman
Kamal Singh Bohra-9848890525
Chief Administrative Officer
Tekraj Aryal-9858722111, 9845522772
Contact Information
Join Our Community
Help Us Improve

Notice something wrong? Help us keep Diary Nepal accurate for everyone.