+977-1-5269589 diarynepalinfo@gmail.com Kathmandu, Nepal
Loading...
Public Notice

Panchadewal Binayak Municipality

Municipality Office
Share this information

नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गतको अछाम जिल्लाको चार नगरपालिका र छ गाउँपालिकाहरु मध्ये निर्वाचन क्षेत्र नं. २ मा पर्ने पञ्चदेवल विनायक नगरपालिका कर्णाली प्रदेशबाट मध्यपहाडी लोकमार्ग हुँदै सुदूरपश्चिम प्रदेश प्रवेश गर्ने प्रवेशद्वारको रुपमा रहेको एक नगरपालिका हो । साविकका कुइका, विनायक, कालिकास्थान, लयाँटी, तोली, पुल्लेतोला, बारला र कालेकाँडासमेत जम्मा ८ वटा गा.वि.स.हरुलाई मिलाएर नेपाल सरकारबाट वि.सं. २०७३ साल फागुन २७ गते घोषणा भएको यो नगरपालिका ९ वटा वडामा विभक्त छ । उल्लेखित साविकका सबै गा.वि.स.लाई एउटा/एउटा वडा कायम गरिएको र विनायक गा.वि.स.लाई २ वटा वडा कायम गरी विनायकलाई नै नगरपालिकाको केन्द्रको रुपमा तोकी प्रशासनिक कार्यहरु सञ्चालन भईरहेको छ । १४७.७५ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको यस नगरपालिकामा वि.सं. २०७८ सालको राष्ट्रिय जनगणना अनुसार महिला १४,१९५ र पुरुष ११,८९३ गरी जम्मा २६,०८८ जनसंख्या रहेको छ । अवस्थितिको हिसाबले पञ्चदेवल विनायक नगरपालिका पूर्वमा सिमानाको रुपमा रहेको कर्णाली नदीसँगै कालिकोट जिल्ला, पश्चिममा कमलबजार नगरपालिका, उत्तरमा रामारोशन गाउँपालिका र दक्षिणमा सिमानाको रुपमा रहेको कर्णाली नदीसँगै दैलेख जिल्लाको आठबिस नगरपालिकाको बिचमा अवस्थित प्राकृतिक स्रोत-साधनले सम्पन्न नगरपालिका हो । जल, जमिन, जंगल, जडीबुटी, जंगली जनावर र प्रयाप्त मात्राको उर्वर भूमि रहेको यो नगरपालिकाको केन्द्रबाट गएको मध्यपहाडी लोकमार्गका कारण उच्च आर्थिक वृद्धिको सम्भावना बोकेको नगरपालिका हो । नगरपालिकाको उत्तरी भेगमा प्रयाप्त पानीको स्रोतका कारण हराभरा रहेको जंगलले प्रशस्त मात्रामा दिने घाँस र चरिचरण क्षेत्रले व्यवसायिक पशुपालनको राम्रो सम्भावना रहेको छ भने मध्यभागमा फलफुल खेती र पूर्वी भागमा धान, गहुँ र तरकारी खेतीको उच्च सम्भावना रहेको छ । पूर्वमा कर्णाली नदी, तालागाड खोला, पश्चिममा कुइका खोला र बीचमा अन्य सानातिना खोलानालाहरु बग्ने गर्दछन्, जसबाट नगरपालिका क्षेत्रलाई आवश्यक पर्ने ढुङ्गा, गिट्टी र बालुवा जस्ता निर्माण सामाग्रीहरु उपलब्ध हुने गर्दछ । यस पञ्चदेवल विनायक नगरपालिका क्षेत्रभित्र ऐतिहासिक पञ्चदेवलहरु, मष्टामाडौं, बालमाडौं, कुइकेल्लेमाई जस्ता प्रसिद्ध तिर्थस्थलहरु तथा कर्णाली नदी क्षेत्र, बेलखेत, कालापानी जस्ता पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरु रहेका छन् । बारला र कालेकाँडा क्षेत्रमा रहेको पेट्रोलियम पदार्थ, स्लेट ढुङ्गा, काइनाइट पत्थर तथा फलामको धाउ पाइने क्षेत्रको रुपमा रहेकोले उक्त प्राकृतिक स्रोतको उत्खनन् गर्न सकेको अवस्थामा पञ्चदेवल विनायक नगरपालिका अछाम जिल्ला, सुदूरपश्चिम प्रदेशका साथै समग्र नेपाल राज्यकै लागि आर्थिक समृद्धिमा टेवा पुग्ने देखिन्छ । विभिन्न जातजाती र भाषा भाषिका बोल्ने समुदायको बसोबास रहेको यो नगरपालिकामा धार्मिक तथा साँस्कृतिक विविधता समेत रहेको पाइन्छ ।

Facility & Service Details
Chairman
Ambika Chalaune - 9851101383
Vice- Chairman
Harka Bahadur Rawal - 9851241449
Chief Administrative Officer
Krishna Prasad Kharel - 9858076053
Contact Information
Join Our Community
Help Us Improve

Notice something wrong? Help us keep Diary Nepal accurate for everyone.