+977-1-5269589 diarynepalinfo@gmail.com Kathmandu, Nepal
Loading...
Public Notice

Masta Rural Municipality

Municipality Office
Share this information

समुन्द्री सतहको १२०० मिटर देखि २५०० मिटर सम्मको उचाईमा बझाङ जिल्लाको पुर्वी भागमा अवस्थित मष्टा गाउँपालिका सुगमताका हिसावले तुलनात्मकरुपमा अन्य गाउँपालिकाहरु भन्दा सुगम तथा जिल्ला सदरमुकामसँग जोडिएको गाउँपालिका हो ।मष्टा गाउँपालिकाको नामाकरण हालको वडा नं ३ मा अवस्थित मष्टा मन्दिर बाट गरिएको हो र यस क्षेत्रमा मुख्य कुल देवताको रुपमा पुजिन्छ ।उच्च पहाडी जिल्लाको रुपमा रहेका बझाङ जिल्लाकै धरातलिय विशेषता झल्काउने यस गाउँपालिका साविकका कोटदेवल, भातेखोला, रिलु र मष्टा गाविस मिलेर बनेको छ । यो गाउँपालिका हालको संघीय संरचनामा सुदूरपश्चिम प्रदेश अन्तर्गत पर्दछ । यो गाउँपालिका १०९.२४ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको भने वि. सं. २०७८ को जनगणना अनुसार यस गाउँपालिकाको कुल जनसंख्या १३२६५(महिला ७१५०र पुरुष ६११५) रहेको छ । भौगोलिक स्थितीः प्रदेश : सूदुरपश्चिम प्रदेश जिल्ला बझाङ्ग सिमfनाः पूर्वः– बाजुरा पश्चिमः– जयपृथ्वी नगरपालिका उत्तरमाः– तलकोट गाउँपालिका दक्षिणमााः– जयपृथ्वी नगरपालिका र बाजुरा जिल्ला अवस्थितीः २९ डिग्री ७२ मिनेट देखि ३० डिग्री ७५ मिनेट उत्तरी अक्षांश ८१ डिग्री ६८ मिनेट देखि ८१ डिग्री ७२ मिनेट पूर्वी देशान्तर कुल क्षेत्रफलः ( साविक कोटदेवल गा.वि.स को १९.३९ वर्ग कि.मी., मष्टा गा.वि.सको ३६.८६ वर्ग कि.मी., भातेखोला गा.वि.स को १६.८१ वर्ग कि.मि., रिलु गा.वि.स.को ३६.१९ वर्ग कि.मी. ) गरी जम्मा १०९.२४ वर्ग कि.मि. रहेको छ ।

Facility & Service Details
Chairman
Gyan Bahadur Bohra-9851006947
Vice- Chairman
Harka Dhami-9745596127
Chief Administrative Officer
Krishna Raj Joshi-9858487315
Contact Information
Join Our Community
Help Us Improve

Notice something wrong? Help us keep Diary Nepal accurate for everyone.