+977-1-5269589 diarynepalinfo@gmail.com Kathmandu, Nepal
Loading...
Public Notice

Manma Khandachakra Municipality

Municipality Office
Share this information

कालिकोट जिल्लाको सदरमुकाम खाँडाचक्र नगरपालिका साविक कर्णाली अञ्चलको प्रवेश द्वार समेत हो। यस नगरपालिकामा साविकको मान्म, पाँखा, दाँहा गाविस तथा वदालकोट गाविसको वडा नं. १, २ र ३ र भर्ता गाविसको वडा नं. ८ लाई समेत समेटिएको छ । नगरपालिकाको पुर्व तर्फ तिलागुफा नगरपालिका, पश्चिम तर्फ कर्णाली नदी, उत्तर तर्फ पचालझरना गाउँपालिका र दक्षिण तर्फ शुभकालिका गाउँपालिका पर्दछ ।यस नगरपालिकाको कुल क्षेत्रफल १३३.२९ वर्ग कि.मी. रहेको छ । यस नगरपालिकामा पर्ने महत्वपूर्ण पर्यटकीय स्थलहरु कोट दरवार तथा ढुङ्गेवगैचा, चुलीमालिका, पिली युद्ध पर्यटकीय क्षेत्र, पन्चदेवल मन्दिर आदि हुन् । नेपालको सबैभन्दा ठूलो ताल, रारा ताल पुग्ने स्थलमार्ग एक मात्र कर्णाली राजमार्ग हो जुन यसै नगरपालिका हुँदै अगाडी बढ्दछ । विगतमा यस नगरपालिका सामाजिक, आर्थिक, विकास लगाएतको क्षेत्रमा निकै पछि परेको भएता पनि नेपालको संबिधान तथा संघियता कार्यान्वयनको क्रममा केहि वर्षयता यस क्षेत्रमा विकास निर्माणको गति तिव्र हुदै गएको छ । नगरपालिकाले नगरको समग्र विकासको लागि शिक्षा, स्वास्थ्य, पुर्वाधार, कृषि, पशु, पर्यटन, लक्षीत समुह विकास, खानेपानी सरसफाइ लगाएतका क्षेत्रमा नागरिकलाई नजिकवाट सेवा प्रवाह गर्न हरदम प्रयास गरिरहेको छ ।

Facility & Service Details
Chairman
Kamal Bahadur Shahi-9867956232
Vice- Chairman
Ganesh Bahadur Shahi-9848302527
Chief Administrative Officer
Suresh Raj Joshi-9858366512
Contact Information
Join Our Community
Help Us Improve

Notice something wrong? Help us keep Diary Nepal accurate for everyone.