+977-1-5269589 diarynepalinfo@gmail.com Kathmandu, Nepal
Loading...
Public Notice

Mahawai Rural Municipality

Municipality Office
Share this information

कर्णाली प्रदेश अन्तर्गत रहेको जिल्ला कालिकोट एक हिमाली जिल्ला हो | यस जिल्लामा ३ नगरपालिका र ६ ओटा गाउँपालिका रहेका छन् | ६ ओटा गाउँपालिका मध्ये अक्षांश २९.०९७६०६६ र देशान्तर ८१.७५८७३०४ मा अवस्थित यस महावै एक गाउँपालिका हो | साविक चिल्खाया गा वि स को ९ नं वडा, ओदानकु र गेला गा वि स मिलेर बनेको छ । यस गाउँपालिकामा हाल जम्मा ७ वटा वडाहरु रहेका छन् । यस गाउँपालिकाको कार्यालय वडा न‌ं. १ मा अवस्थित छ । वि.सं. २०७८ सालकाे जनगणाना अनुसार यस गाउँपालिकाको जम्मा जनसंख्या ८३२३ रहेकाे छ र यस गाउँपालिकाले जम्मा ३२२.०७ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ l यस गाउँपालिका मा जम्मा १८ वटा विद्यालयहरु रहेका छन् । यस गाउँपालिकामा हाल सम्म पनि मोटर बाटाेको विकास भएको छैन । यहाँ विभिन्न किसिमका पर्यटकीय क्षेत्र जस्तै महावु लेक, स्याउ फार्म, नदी, हिमाल, वनजंगल र विश्वकै दुर्लभ जीव रेडपाण्डा पाइने भएता पनि मोटर बाटोको अभावका कारण समस्त पर्यटकीय क्षेत्र ओझेलमा परेकाे छ । यहाँको यातायात पूर्वधारमा गोरेटो बाटो एक मात्र विकल्पकाे रुपमा रहेकाे छ ।

Facility & Service Details
Chairman
Shri Khem Bahadur Singh 9858320012
Contact Information
Join Our Community
Help Us Improve

Notice something wrong? Help us keep Diary Nepal accurate for everyone.