+977-1-5269589 diarynepalinfo@gmail.com Kathmandu, Nepal
Loading...
Public Notice

Mahakali Municipality

Municipality Office
Share this information

नेपाल को संविधान वमोजिम राज्य पुनः संरचना भए वमोजिम सुदुरपश्विम प्रदेश अन्तर्गत दार्चुला जिल्लाको सदरमुकाम खलंगा वरपरका क्षेत्रहरु खलंगा,छापरी, काँटै धाप र दत्तु (साविक अपी नगरपालिका वडा नं. ४ देखि १७ सम्म र दत्तु गा.बि.स.) लाई समायोजन गरेर हिन्दुहरुको पबित्र धर्मस्थल मानसरोबरको प्रवेशद्धार, हिमालयको काख, महाकाली नदीको किनारमा महाकाली लोकमार्ग संगै जोडिएको ९ वटा वडाहरु मा विभाजन महाकाली नगरपालिकाको मिति २०७३/११/२७ गते घोषणा भएको नगरपालिका हो । यस नगरपालिकाको पूर्वमा नौगाड गाउँपालिका, पश्चिममा भारत, उत्तरमा दुहूँ गाउँपालिका र दक्षिणमा शैल्य शिखर नगरपालिका र मालिकार्जुन गाउँ पालिका संग सिमाना जोडिइ महाकाली नदीको किनारमा अवस्थित नगरपालिका विश्वमानचित्रमा २९ डिग्री ३६ मिनेट देिखि २९ डिग्री ४५ मिनेट उत्तरी अक्षांश र ८० डिग्री २४ मिनेट देिखि ८० डिग्री ३९ मिनेट पुर्वि देशान्तर सम्म फैलिएको छ । महाकाली नगरपालिकाले कुल १३५.११ वर्ग कि.मी. क्षेत्रफल ओगेटेको छ भने २०६८ को जनगणना अनुसार जम्मा जनसंख्या २१२३१ रहेको छ । महाकाली नगरपालिका उच्च हिउँ पर्ने हिमाली क्षेत्र देखि नदी किनारामा रहेका फाँटहरुलाई समेटेर बनेको छ । धार्मिक एवं साँस्कृतिक शक्ति पिठहरु मौलिक साँस्कृति, प्राकृतिक सम्पदाले भरिपूर्ण रहेकोले महाकाली नगरपालिका पर्यटनको प्रचुर सम्भावना बोकेको छ । प्रकृतिको अनुपम नमुनाको रुपमा जैविक विधितता तथा प्राकृतिक सम्पदाले भरिपूर्ण र विविध जातजाति, भाषाभाषी धर्मावलम्बिहरुको साझा बसोबास रहेको छ ।

Facility & Service Details
Chairman
Nar Singh Chainsir - 9848896277
Vice- Chairman
Durga Kumari Khatri (Bishta) - 9848775235
Chief Administrative Officer
Tarkaraj Bhatta-9858720111
Contact Information
Join Our Community
Help Us Improve

Notice something wrong? Help us keep Diary Nepal accurate for everyone.