+977-1-5269589 diarynepalinfo@gmail.com Kathmandu, Nepal
Loading...
Public Notice

Laljhadi Rural Municipality

Municipality Office
Share this information

१.पृष्ठभुमि :- नेपालको प्रदेश नं.७ अन्तर्गत महाकाली अञ्चल कञ्चनपुर जिल्लामा पर्ने यो लालझाडी गाउँपालिका नेपाल सरकारको मिति २०७३/११/२२ गतेको निर्णयानुसार देशभरी गठन भएका ७५३ स्थानीय तह मध्येको एउटा स्थानीय तह हो । जिल्लाको पूर्वि भेगमा अवस्थित यो गाउँपालिका साविक शंकरपुर गा.वि.स.का पुरै (१–९) वडाहरु, साविक बाइसे बिचवा गा.वि.स.का (१–४) वडाहरु र साविक देखतभुलि गा.वि.स.का (१,२,३,७ र ८) वडाहरु समायोजन भइ गठन भएको एक गाउँपालिका हो । यस गाउँपालिकामा जम्मा ६ वटा वडाहरु रहेका छन । जिल्लाको सदरमुकाम भीमदत्तनगर देखि ४६ कि.मि टाढा पुर्व तर्फ रहेको यस गाउँपालिकाको आफ्नै खालको धार्मिक, राजनैतिक, सामाजिक महत्व र विशेषता रहेको छ । यस गाउँपलिकामा आदिवासी थारु समुदाय र पहाडबाट बसाइसराइ गरी आएका विविध जातजाती,धर्म र वर्णका मानिसहरुको मिश्रित बसोवास रहेको छ । यो गाउँपालिका र कृष्णपुर नगरपालिकाको बिचमा रहेको लालझाडी जंगलको नामबाट यस गाउँपालिकाको नाम रहन गएको हो । १. १ क्षेत्रफल, सिमाना तथा धरातलिय स्वरुपः कञ्चनपुर जिल्लाको पुर्वि भेगमा अवस्थित १५४.६५ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको लालझाडी गाउंपालिकाको भु–आकृति स्वरुप करिव सवैजसो समतल रहेको छ । यस गाउंपलिकाको पुर्वमा कृष्णपुर र पुनर्वास नगरपालिका, पश्चिममा शुक्लाफांटा र बेलौरी नगरपालिका , उत्तरमा शुक्लाफांटार कृष्णपुर नगरपालिका र दक्षिणमा बेलौरी र पुनर्वास नगरपालिका रहेको छ । १.२ प्रशासकीय एवं राजनीतिक विभाजन राष्ट्रिय जनगणना २०७८ अनुसारको जनसंख्या वडा नं. पुरुष महिला जम्मा १ 2490 2546 5036 २ 1847 1939 3786 ३ 2011 2049 4060 ४ 2839 2942 5781 ५ 1475 1762 3237 ६ 1482 1655 3137 जम्मा 12144 12893 25037

Facility & Service Details
Chairman
Nirmal Rana 9858745598
Vice- Chairman
Sapna Chaudhary Rana - 9806448143
Chief Administrative Officer
Raj Bahadur Sarki - 9858754111
Contact Information
Join Our Community
Help Us Improve

Notice something wrong? Help us keep Diary Nepal accurate for everyone.