K.I. Singh Rural Municipality
Municipality Officeनेपालको सुदूरपश्चिम प्रदेश स्थित के.आई.सिंह गाउँपालिका डोटी जिल्लामा रहेको छ । के.आई.सिंह गाउँपालिका साविकको दुर्गामाण्डौ,रानागाउँ, तिखात्तर,भुमिराजमाण्डौ र बासुदेवी गा.वि.स मिलेर बनेको हो र यस गाउँपालिमा कूल ७ वडा रहेका छन् । १२७.०१ वर्ग कि.मि.को क्षेत्रफलमा फैलिएको के.आई.सिंह गाउँपालिकाको भु–आकृतिक स्वरुप खाेलानाला,नदि तथा पहाडी भू–भाग रहेको छ भने यसको पूर्वमा अछाम र बाेगटान गाउँपालिका, पश्चिममा बडीकेदार गाउँपालिका र शिखर न.पा., उत्तरमा दिपायल शिलगढी न.पा. र शिखर न.पा. र दक्षिणमा बाेगटान गाउँपालिका रहेको छ । यसको शालाखाला अधिकतम तापक्रम ३० डिग्री र न्यूनतम तापक्रम १० डिग्री रहेको पाइन्छ । भौगोलिक अवस्थिति: यो के.आई.सिंह गाउँपालिका मिती २०७३।१२।०१ गते नेपाल सरकार मन्त्रिपरिषदको निर्णयबाट के.आई.सिंह गाउँपालिका रहन गएको हो र यसकाे मूख्य कार्यालय साविककाे दुर्गामाण्डाै गा.वि.स. हाल के.आई.सिंह गा.पा.०४,वायलमा रहेकाे छ । यो समुद्री सतहदेखि १३८७.४५ मि. को उचाइँमा काठमाडौं देखि ८५० कि. मि.को दूरीमा र दिपायलबाट करिब २१ कि.मि. दूरीमा स्थित रहेको छ । साल २०७८ को तथ्याङ्क अनुसार यस गाउँपालिकाको कुल जनसंख्या २०,७३६ रहेको छ। यस क्षेत्रको जनसंख्या वृद्धिदर ३.९% अनुमानित रहेको छ । प्रमुख चाडपर्व: स्थानीय स्तरमा बसोबास गर्ने विभिन्न जात जाती तथा समुदायका मानिसहरुको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाड पर्व मनाउने गरिन्छ । जस्तै स्थानीय स्तरमा मनाइने प्रमुख चाडपर्वहरु दशैं, तिहार, होली, गौरा, औल्के, मागे संक्रान्ति, कृष्ण जन्माष्टमि यहाँका प्रमुख चाड पर्वको रुपमा रहेको पाइन्छ । स्थापना : २०७३ साल फागुन २७ गते भौगोलिक अवस्थिति कूल क्षेत्रफलः १२७.०१ बर्ग कि.मि. काठमाण्डौं देखि को दुरीः ८५० कि.मि. उचाईः १३८७.४५ मि. जम्मा जनसंख्याः २०,७३६ (२०७८ को तथ्याङ्क अनुसार) राजनैतिक बिभाजन सुदूर पश्चिम, प्रदेश, जिल्ला डाेटी, संसदीय निर्वाचन क्षेत्र नम्बर १, प्रदेश निवार्चन क्षेत्र नम्बर २, वडा संख्या ७ सिमाना पुर्वः पूर्वमा अछाम र बाेगटान गाउँपालिका ,पश्चिममा बडीकेदार गाउँपालिका र शिखर न.पा., उत्तरमा दिपायल शिलगढी न.पा. र शिखर न.पा. र दक्षिणमा बाेगटान गाउँपालिका के.आई.सिंह गाउँपालिकामा भ्रमण गर्नु भएकोमा धन्यवाद