+977-1-5269589 diarynepalinfo@gmail.com Kathmandu, Nepal
Loading...
Public Notice

Khaptad Chhanna Rural Municipality

Municipality Office
Share this information

सुदूर पश्चिमको बझाङ्ग जिल्ला अन्तर्गत पर्ने छान्ना क्षेत्र तथा खप्तड राष्ट्रिय निकुञ्जलाई आधार बनाई यस गाउँपालिकाको नामाकरण खप्तडछान्ना गाउँपालिका गरिएको छ । यस क्षेत्रको उत्तरतिर गुरेल, लिंगा जस्ता अग्ला पहाड रहेका छन् । यसको दक्षिणतिर प्रकृतिको अमूल्य उपहार खप्तड राष्ट्रिय निकुञ्ज अवस्थित छ । पूर्वमा बाजुरा जिल्ला रहेको छ । पश्चिममा थलारा गाउँपालिका ( विप्रा लेक) अवस्थित छ । यस क्षेत्रको बीचभाागमा नागबेली झैँ सयौं स–साना खोलानालाबाट बग्ने जडारी गाड रहेको छ भने दायाँ बायाँ बस्तीमा खेतका फाँट, साना अग्ला-होचा डाँडाहरु समेत रहेका छन् । उकाली ओराली, हरियाली तथा रमाइलो फाँटहरूका साथै निकै मनोहर दृश्यहरूले खप्तडछान्ना गाउँपालिकाको शोभा बढाई रहेका छन् ।२०७३ सालको राज्य पुनःसंरचना अनुसार सुदूरपश्चिम प्रदेशमा बझाङ्ग जिल्ला रहेको छ । बझाङ्ग जिल्लाको दक्षिण पूर्वी भागमा खप्तडछान्ना गाउँपालिका अवस्थित छ । साविकका ६ वटा गा.वि.स.हरू मिलेर यो पालिका बनेको छ । साविकका गडराय, पाटादेवल, कालुखेती, माझीगाऊँ,लामातोला र पौवागढी गाउँविकास समितिहरू समेटिएर खप्तडछान्ना गाउँपालिका बनेको छ । यस पालिकामा ७ वटा वडाहरू रहेका छन् । यो गाउँपालिका समुन्द्री सतहबाट ४५०० फिट गोठखोला, खैराडा देखि १४०००फि.(गुरेल विनायक). को उचाईसम्म फैलिएको छ । गाउँपालिकाको पूर्वमा बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिका, पश्चिममा बझाङ्गकै थलारा गाउँपालिका उत्तरमा जयपृथ्वी नगरपालिका र दक्षिणमा खप्तड राष्ट्रिय निकुञ्जको रमणीय क्षेत्रहरुले घेरेको छ । हाल यस गाउँपालिकाको केन्द्र पसलवगरमा रहेको छ । बझाङ्गको तमैल बाट दक्षिण तिर सेति नदिकाे पुल तरेर याे गाउँपालिकामा पुग्न सकिन्छ । याे गाउँपालिकामा जम्मा जनस‌ंख्या १३४१९ छ जसमध्ये ६०२९ पुरुष र ७३९० महिला छन् ।

Facility & Service Details
Chairman
Uttam Bahadur rokaya-9868410738
Vice- Chairman
Bishnu Kumar Thapa-9863304670
Chief Administrative Officer
Vijay Prakash Giri-9851064705
Contact Information
Join Our Community
Help Us Improve

Notice something wrong? Help us keep Diary Nepal accurate for everyone.