+977-1-5269589 diarynepalinfo@gmail.com Kathmandu, Nepal
Loading...
Public Notice

Jorayal Rural Municipality

Municipality Office
Share this information

डोटी जिल्ला सदरमुकाम सिलगढी डोटी बाट लगभग ६० किलोमिटर टाढा दक्षिण पश्चिम दिशा तिर पर्ने रमणीय उपत्यकाको नाम नै जोरायल हो । यस गाउँपालिका क्षेत्रको नाम “जोरायल” किन रहन गयो भन्ने बिषयमा एकमत देखिदैन । तर महाभारतको कथा अनुसार क्रममा भीमले जरासन्ध नामक राक्षकलाई दुई तिघ्रा समातेर बिचोबिच च्यातेर फाल्दा एक भाग यस क्षेत्रमा परेको हुँदा जरासन्धबाट ‘जरालय’ हुँदै ‘जोरायल’ भएको हो भन्ने धेरैको मत छ । कौरवहरुसंग जुवा हारेपछि १२ बर्षको बनबास र एक बर्षको गुप्तबासका क्रममा संयोगले एकदिन उनीहरू ‘जोरायलको शिरस्थानस्थित चौड़ेथल महाभारत पर्वत’ मा आइपुगे । चौड़ेथल जगत्तड़ी पर्वतको बसाइसितै एकदिन त्यहाँबाट तलतिर पर्ने ‘जोरायल’को भौगोलिक दृश्य हेर्न जाँदा चौतर्फी भौगोलिक एवं प्राकृतिक सुन्दरताले ओतप्रोत भएको र बीचमा उपत्यका जस्तो परेकोसम्म फाँटलाई जलमग्न अवस्थामा देखे । त्यो जलमग्नताको रहस्य बुझ्न समग्र भूगोल परीक्षण गर्दा त्यसको पुछारस्थान अर्थात् निकास मार्ग ‘नङ्गेउठी’ (बेत्थीखोला) भन्ने ठाउँमा वरपरबाट दुईवटा डाँडाहरू तलैसतह देखि आपसमा मिलेको र माथिको भाग एक आपसमा खुला रहँदा सतहबाट पानी जम्मा भएर त्यसको झण्डै १०० मिटर माथिबाट पानी उतातिर छहरा जस्तो भई बग्दा जलमग्नता रहेको देखे ।उनीहरुले जोरायलको जल निकास गरेर त्यसलाई बस्ती योग्य बनाइदिने योजना सहित दुई डाणाहरू जोडि़एको ठाउँ ‘नङ्गेउठीमा’ जल निकासमार्ग बनाए । यसरी जोरायलको जल निकास भइसकेपछि विगतमा जलमग्न स्थानको भू–भाग कहाँ के–कस्तो रहेछ भनी माथि हेर्दै जाँदा हालको सिलङ्गीबाग भन्ने ठाउँमा यौटा अजङ्ग र अर्धअंग भएको जीव त्यहाँ लडिबुडी गरिरहेको अवस्थामा देखियो । ‘मगधदेशमा राक्षस जरासन्धसँग भगवान श्रीकृष्णको युद्ध हुँदा पाण्डव भ्राता भीमले भगवान कृष्णको संकेतमा दुई खुट्टा समाति च्यातेर अर्ध अंग बनाई शरीरको यौटा आधा फक्लेटो आकास मार्ग तिर फाल्ने क्रममा कसरी–कसरी यहाँ आइपरेको प्रत्याभूति हुन पुग्यो किनभने मगधदेशमा भएको ‘जरासन्ध’+कृष्णयुद्धमा पाण्डव सखाहरू सहभागी थिए भन्ने कुरा श्रीमद्भावगत महापुराणको ‘दशंम–स्कन्ध’मा आख्यानात्मक वर्णन पाइन्छ । राक्षस जरासन्धले त्यहाँका राजा–महाराजादेखि सर्वसाधारण जन जीवनमाथि हिंसात्मक आतंक र उपद्रव मचाएका कारण युद्धमा यस्तो दुर्दशा गरिएको कुरा अवगत भएपछि उसको सचेतन शारीरिक अर्धांशले पुनः जोरायल क्षेत्रमा पनि त्यसै किसिमको पीड़ा–आतंक पार्ला भन्ने पाण्डवहरूले जरासन्धको बध गरे । त्यसैले यसको नाम जोरायल रहन गएको हो भन्ने जनश्रुति छ ।यस्तै चारैतिर डाँडाकाडाँ भएको र विचमा समथर जग्गा भएको र उक्त जग्गा जलासययुक्त अवस्थामा रहेकोले पहिलो ‘जलासय’ नाम रहेको र पछि जलासयबाट अपभ्रंस हुँदै जोरायल भएको भन्ने भनाई पनि छ । जलनिकास भई बसोवास गर्न योग्य भएपछि उक्त स्थानमा बिभिन्न ठाउँका व्यक्तिहरु बसोवास गर्न आएका कारण यसलाई “जोडीजाडी जोरायल” भन्ने गरेको पनि सुनिन्छ । एकथरीको बुझाईमा जोरायलको शीर्षस्थानमा ‘ज्वालादेवी’ (जरादेवी) विराजमान भएकीले सोही नामाक्षरको आधारमा ‘जोरायल’ भएको हो भन्ने छ । भू–बनोट अनुसार भित्रीमधेश जस्तो ठाउँ हुँदा विगतमा यहाँ औलो ज्वरोको प्रकोप भइरहने हुँदा ‘जोरायल’ भएको हो भन्ने पनि छ ।समग्रमा हेर्दा जरासन्ध नामको राक्षकको अंगको एक भाग जोरायलमा परेको र त्यो भागको बध गरिएको हुँदा नै यसलाई जोरायल भनिएको हो भन्ने तर्क नै वलियो देखिन्छ ।

Facility & Service Details
Chairman
Durgadatta Ojha- 9858427252
Vice- Chairman
Jamuna Bohra (rokaya) 9848418479
Chief Administrative Officer
Ganesh Dutt Bhatt - 9749962412
Contact Information
Join Our Community
Help Us Improve

Notice something wrong? Help us keep Diary Nepal accurate for everyone.