+977-1-5269589 diarynepalinfo@gmail.com Kathmandu, Nepal
Loading...
Public Notice

Jaya Prithvi Municipality

Municipality Office
Share this information

भुपरिवेष्टीत देश नेपालको सुदूरपश्‍चिम देशको उत्तरी भागमा अवस्थित रहेको बझाङ जिल्लाको दक्षिणी-पुर्व क्षेत्रको पहाडी भागमा यो जयपृथ्वी नगरपालिका अवस्थित रहेको छ । यो नगरपालिका २०७१ साल बैशाख २५ गते नेपाल सरकारको मन्त्री परिषदको निर्णय अनुसार साविकको ५ ओटा गा.वि.स.हरु चैनपूर,रिठापाटा,सुवेडा,हेमन्तवाडा र लुयाटा लाई मिलाएर गठन भएको हो । पहाडी जिल्ला बझाङको भुभागमा अवस्थित यस नगरपालिकालाई पुनः स्थानिय तह निर्धारण आयोगको प्रतिवेदन बमोजिम साविकको कैलाश गा.वि.स. र जयपृथ्वी नगरपालिका वडाहरु मिलायर हाल जयपृथ्वी नगरपालिका कायम रहेको छ ,जसको केन्द्र साविक जयपृथ्वी नगरपालिकको वडा नं ४ र हालको वडा नं १० चैनपूर रहेको छ । मिति २०७३/११/२७ गते नेपाल सरकारद्वारा प्रकाशित खण्ड ६६,संख्या ५८,नेपाल राजपत्र भाग ४ को पृष्ट नं ३५८ प्रकाशित राज्य पुनसंरचनाको प्रतिवेदन अनुरुप यस नगरपालिकामा जम्मा ११ वटा वडा कायम गरएको छ । यस भुमिमा जन्मेका मानवतावादी राजा जयपृथ्वी बहादुर सिंहले पुर्याएको योगदानलाई सम्मान गर्देै उहाँको नाममा यस नगरपालिकाको नामाकरण गरिएको हो । जम्मा १६६.७९ वर्ग कि.,मी,क्षेत्रफल रहेको यस नगरपालिकाको जनघनत्व १३२.४७ प्रति कि.मी रहेको छ । २०६८ को जनगणना अनुसार २२,१९१ जनसंख्या रहेको यस नगरपालिकामा ५८.५९% जनसंख्या गरिबिको रेखामुनी रहेको पाईन्छ। समुन्द्र सतहबाट ३३०७फिट देखि ११,७७९फिट सम्मको उचाईमा रहेको छ । भौगलिक अवस्थितः सिमानाः पुर्व ःमष्टा गा.पा. र बाजुरा पश्चिमः छबिसपाथिभेरागा.पा. र सूर्मा गा.पा. उत्ररः तलकोट गा.पा.र काडा गा.पा. दक्षिणः खप्तड छान्ना गा.पा.र छविसपाथिभेरा गा.पा फैलावटः आक्षांशः २९.२८.५५ देखि २९.३८.०४ उत्तरी आक्षांश सम्म देशान्तरः ८१.१०.५९ देखि ८१.१३.४५ पूर्व देशान्तर सम्म उचाईः समुन्द्र सहतबाट ३३०७ फिट देखि ११७७९ फिटको उचाई सम्म नेपाली

Facility & Service Details
Chairman
Chetraj Bajal-9848599508
Vice- Chairman
Ratan Bahadur Singh-9860516103
Chief Administrative Officer
Sunil Thakulla-9858480148
Contact Information
Join Our Community
Help Us Improve

Notice something wrong? Help us keep Diary Nepal accurate for everyone.