+977-1-5269589 diarynepalinfo@gmail.com Kathmandu, Nepal
Loading...
Public Notice

Durgathali Rural Municipality

Municipality Office
Share this information

दुर्गाथली गाउँपालीका निर्माण हुदाँ राज्य संघियतामा गए पश्चात जिल्लामा तत्कालिन जिल्ला विकास समितीमा सर्वदलिय संयन्त्र र बझाङ्ग जिल्लाको निर्वाचित माननियहरुको राय सल्लाह बमोजिम जिल्लामा सिमा निर्धारण तथा कति वटा स्थानिय तह बनाउने भन्ने प्राविधिक समिती थियो । सो समितीले जनसंख्या, भौगोलिकता तथा अन्य मापनका आधारमा तत्कालीन इलाकाका आधारमा साविकका ३ वटा गाउँ विकास समिती चौधारी, मौलाली र सैनपसेलालार्इ दुर्गाथली गाउँपालीकाको सिफारिस भएको थियो । त्यसमा बझाङ्गका विभिन्न स्थानिय तहहरुको नामाकरण एतिहासिक, नदी, धार्मिक, पौराणिक तथा पहिलेको दरा भन्ने शब्दबाट सबै गाउँपालीका तथा नगरपालीकाको नाम राख्ने क्रममा हाम्रो पनि धार्मिक कारणले त्यतीबेलाको नामाकरण समिती तथा प्राविधिक समितीले साबिकको सैनपसेला गा.वि.स.को थली जिउलोमा अवस्थित दुर्गादेवीको मठको आधारमा दुर्गाथली नाम राखेको बुझिन्छ । हाल दुर्गाथली गाउँपालीकामा ७ वटा वडाहरु रहेका छन् । यसको सिमाना पूर्वमा छविसपाथीभेरा गाउँपालीका, पश्चिममा केदार स्यु र बुगंल नगरपालीका , उत्तरमा बुगंल नगरपालीका र छविसपाथीभेरा र सेती नदी र थलारा गाउँपालीका रहेको छ । हाल यस गाउँपालीकाको केन्द्र साविकको चौधारी गा.वि.स.को वडा नं.३ मा अवस्थित छ । बझाङ्गको मध्ये भागमा पर्ने १२ वटा गाउँपालीका मध्ये एउटा गाउँपालीका हो । जसको केन्द्र बिन्दु चौधारीमा रहेको छ । यसको क्षेत्रफल ६१ बर्ग किलो मिटर रहेको छ । यसको जनसंख्या १६८०० रहेको छ । यस गाउँपालीकामा बाहुन, क्षेत्री, दलित आदी बसोबास गर्दछन् । यस गाउँपालीकाको यातायात जयपृथ्वी राजमार्ग संग मिलेको छ ।

Facility & Service Details
Chairman
Dil Bahadur Rawat-9865954003
Vice- Chairman
Janak Bahadur Daulayal-9848464030
Chief Administrative Officer
Lal Bahadur Bishta-9858485617
Contact Information
Join Our Community
Help Us Improve

Notice something wrong? Help us keep Diary Nepal accurate for everyone.