+977-1-5269589 diarynepalinfo@gmail.com Kathmandu, Nepal
Loading...
Public Notice

Dhakari Rural Municipality

Municipality Office
Share this information

ढकारी गाउँपालिका सूदुरपश्चिम प्रदेश अन्तरगत अछाम जिल्लामा अवस्थित पहाडी भौगोलिकता रहेकोे गाउँपालिका हो । साविक ढकारी, हिच्मा, वलाता र ढुङ्गाचाल्ना र घोडासैन गाविस मिलेर बनेको यो गाउँपालिका २२७.८८ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ । यस क्षेत्रको भौगोलिक अवस्थिति, ऐतिहासिक चिनारी तथा नामाकरण, राजनीतिक अवस्थिति, प्राकृतिक तथा साँस्कृतिक उत्कृष्टता, विकास संभावनाहरुलाई देहाय बमोजिमका शिर्षकहरुमा व्याख्या गरिएको छ । भौगोलिक अवस्थिति समुन्द्री सतहबाट करिब ६०० मिटर देखि २२०० मिटर सम्मको उचाईमा रहेको यस गाउँपालिका भौगोगिक अवस्थितिका हिसाबले २८ डिग्री ५३ मिनेट ५ सेकेण्ड देखि २९ डिग्री ०३ मिनेट १५ सेकेण्ड उत्तरी अक्षांश र ८१ डिग्री ०३ मिनेट ४५ सेकेण्ड देखि ८१ डिग्री २० मिनेट ३० सेकेण्ड पुर्वी देशान्तरमा फैलिएको छ । यस गाउँपालिका अछाम जिल्लाको जिल्ला सदरमुकाम मंगलसेन देखि करीब ५० किमीको दुरीमा पूर्वी भागमा रहेको छ । यस गाउँपालिकाको पूर्वमा कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिका, पश्चिममा डोटी जिल्ला, उत्तरमा मंगलसेन नगरपालिका र दक्षिणमा सुर्खेत जिल्ला रहेको छ । गाउँपालिकाको क्षेत्रफल २२७.८८ वर्ग किमी रहेको छ । ऐतिहासिक चिनारी तथा नामाकरण नव गठित स्थानीय तह ढकारी साविकका ५ वटा गाविसहरु ढकारी, हिच्मा, वलाता, ढुंगाचाल्ना र घोडासैन मिलेर वनेको हो । यस गाउँपालिका ऐतिहासिकरुपले डोटी राज्यसँग सामिप्यता रहेको छ । ढकारी गाउँपालिकाको नामाकरणको सन्दर्भमा स्थानीय जानकार व्यक्तिहरुका अनुसार हाल बजार रहेको यस ढकारी क्षेत्रमा धेरै समय पहिला ढाक्रेहरुको थकाई मेट्ने स्थानको रुपमा प्रयोग हुँदै आएको र यसबाट नै साविकको गाविसको नाम ढकारी रहेको र स्थानीय तहको पुःसंरचना हुँदा सोही नाम त्यस क्षेत्रको लागि प्रसिद्ध रहेको हुँदा ढकारी गाउँपालिका नामाकरण गरिएको हो । राजनीतिक अवस्थिति ढकारी गाउँपालिका सुदूरपश्चिम प्रदेश अन्तरगत अछाम जिल्लामा अवस्थित रहेको छ । साविकका ५ वटा गाविसहरु मिलेर बनेको यस गाउँपालिकामा ८ वटा वडाहरु रहेका छन् । जिल्लामा विद्यमान चार नगरपालिका र छ गाउँपालिका गरि दश स्थानीय तह मध्ये जिल्लाको दक्षिण पूर्वी भूभागमा अवस्थित रहेको छ । जिल्ला सदरमुकाम देखि करिव ५० कि.मी दुरीमा रहेको यस गाउँपालिकाको गाउँपालिकाको केन्द्र साविकको ढकारी गाविस र हालको वडा नं १ मा रहेको छ । पूर्ववत रुपमा नेपालको सुदुर पश्चिम विकास क्षेत्रमा पर्ने सेती अञ्चलकमा रहेको यो गाउँपालिका जिल्ला भित्रको प्रतिनिधि सभा निर्वाचन प्रयोजनका क्षेत्र नं. २ प्रदेश सभा निर्वाचन प्रयोजनका लागि प्रदेश नंं २ (ख) अन्तरगत पर्दछ । धरातलीय अवस्था मध्यपहाडी भौगोलिक विषेशता बोकेको यस क्षेत्र धरातलिय स्वरुपका हिसाबले विविधता युक्त रहेको छ । अधिकांश जमिनको बनौट भिरालो प्रकृतिको छ भने नदि तटिय क्षेत्र लागायतका अन्य क्षेत्रमा पनि समथर जमिन पनि रहेको छ । महाभारत पर्वतिय पहाडी श्रृंखलाले बनेकोे यस गाउँपालिकामा कडा खालको चट्टानी भुभाग, भीरपाखा तथा वसोवास योग्य क्षेत्र सहितको विविधतायुक्त धरातलिय अवस्थिति रहेको छ । प्राकृतिक सम्पदा वनक्षेत्रले ओगटेको क्षेत्र हेर्दा जंगल र झाडी गरि करिव ७२ प्रतिशत र खेति गरिएको जमिन २५.४१ प्रतिशत रहेको छ । गाउँपालिका क्षेत्र बनाएर अविरल बगिरहने रिमाखोला, चाइराखोला, खातीखोला, ढुंगानी खोला, घामखोला, बुढाखोला,कालीखोला, तोलसेन खोला, कर्णाली नदी, गुगडा खोला, स्याउले खोला लगायतका सहायक नदि तथा खोलाहरु यहाँको मुख्य प्राकृतिक सम्पदाहरु हुन् । साथसाथै यस क्षेत्रमा रहेका राष्ट्रिय वन तथा तामाखानी सामुदायिक वन,मधुवन सामुदायिक वन, विन्द्रासैनी सामुदायिक वन त्रिपुरासुन्दरी जस्ता सामुदायिक वनहरुपनि यस क्षेत्रका प्राकृतिक सम्पदाहरु हुन् । जैविक विवधताका हिसावले उच्च पर्वतिय चिसो हावापानीमा पाइने जीव तथा वनस्पतिहरुमा अमला तेजपत्र, बाघ, भालु, मृग, बँदेल तथा कालीज, लुँइचे, डाँफे मुख्य रुपमा रहेका छन् यसका पहाडको माथिल्लो भागका अधिकांस स्थानमा वन तथा खर्कहरु रहेका छन् । । बालुवा लगायतका खनिजहरु यस क्षेत्रमा पाइन्छ । साँस्कृतिक उत्कृष्टता डोटेली साँस्कृतिक प्रभाव रहेको यस क्षेत्रमा खस सभ्यता तथा हिन्दु साँस्कृतिको अनुपम संगम रहेको छ । सामाजिक रितिरिवाज र चाड पर्वमा बडा दशैं, तिहार, चैतेदशैं, कृण्णाष्टमी, साउने संक्रान्ति, होली पर्व, माघे संक्रान्ति, आदि रहेका छन् । सामान्यतया पुरुषहरुले सर्ट, पाईन्ट, कोट, टोपी र महिलाहरुले गून्यू, चोलो, सारी, कुर्ता सुरुवाल भेषभुषाका रुपमा लगाउने गर्दछन् । मिश्रीत बसोवास रहेको यस क्षेत्रमा ब्राम्ह्ण, क्षेत्री, दलित र जनजाति जातिको बसोबास भएता पनि क्षेत्री जातिको बाहुल्यता छ । गाउँपालिका क्षेत्र भित्र धार्मिक महत्व बोकेका जालपादेवि मन्दिर, मष्टा मन्दिर, शिव मन्दिर सुर्यकाँडा माई, वण्डाली माईको मन्दिर, नवदुर्गा मन्दिर र तितौडा मन्दिर जस्ता स्थल तथा मन्दिरहरु रहेका छन् । विकासका सम्भावनाहरु ढकारी गाउँपालिका क्षेत्रभित्र रहेका प्राकृतिक तथा साँस्कृतिक सम्पदाहरु, आर्थिक अभ्यास र उपलब्ध मानविय पूँजी तथा पूर्वाधार लगायतको अवस्थालाई हेर्ने हो भने यस गाउँ पालिकामा विकासका प्रशस्त सम्भावनाहरुको आँकलन गर्न सकिन्छ । मानव विकास सूचकांक, औषत आयु र गरिवी नेपाल मानव विकास प्रतिवेदन २०१४ तथा गरिबीको लघु क्षेत्र अनुमान २०६८ मा अछाम जिल्लाको सन्दर्भमा औंलाइएका तथ्यहरुलाई यस गाउँपालिकाको हकमा पनि सामान्यीकरण गरिएको छ । नेपाल मानव विकास प्रतिवेदन, २०१४ अनुसार अछाम जिल्ला मानव विकास सूचकांकका दृष्टिकोणले ७५ जिल्लाहरु मध्ये ७१ औं स्थानमा पर्दछ । यस जिल्लाको मानव विकास सूचकांकको मान ०.३७८ रहेको छ । जसअनुसार औषत आयु ६७.१४ वर्ष तथा प्रतिव्यक्ति आम्दानी ५३६ अमेरिकी डलर रहेको छ । गरिबीको लघु क्षेत्र अनुमान २०६८ अनुसार गरिबीको दर ४७.२ प्रतिशत रहेको देखिन्छ ।

Facility & Service Details
Chairman
Prakash Bahadur Saud-9860371282
Vice- Chairman
Netrakala Devi Shahi-9840658075
Chief Administrative Officer
Naresh Bahadur Bohra- 9868296640
Contact Information
Join Our Community
Help Us Improve

Notice something wrong? Help us keep Diary Nepal accurate for everyone.