+977-1-5269589 diarynepalinfo@gmail.com Kathmandu, Nepal
Loading...
Public Notice

Chhededaha Rural Municipality

Municipality Office
Share this information

खप्तड छेडेदह गाउँपालिका बाजुरा जिल्लाको पश्चिमी भागमा पर्दछ । धार्मीक तथा पर्यटकीय क्षेत्र खप्तड राष्टिय निकुञ्ज र छेडेदह ताल यसै गाउँपालिका मा पर्ने भएकोले यो गाउँपालिका को नामाकरण खप्तड छेडेदह गाउँपालिका भनिइको हो । खप्तड छेडेदह गाउपालिका निर्धारण तथा सिफारिस प्राविधिक समितिको वैठकबाट उक्त नामबाट साविकका डोगडी, गुदुखाित, आटिचौर, जयवागेश्वरी र काँडा गरी ५ गाविस गाभेर गाउपालिकाको सिफारिस गरेकोमा नेपाल सरकारले सोही नामबाट यस गाउपालिकाको घोषणा गरेको थियो । यस गाउँपालिकामा मूख्यरुपमा बेताल, मष्टा, खापर, भगवति, कैलाश, भेराल, अािदं धार्मिक देवि देवता तथा मठमन्दिरहरुको पुजाआजा गर्ने गरिन्छ । खप्तड, छेडेदह, वडालेख आदि जस्ता ऐतिहासिक तथा पर्यटकीय स्थानहरु रहेका छन । बाजुरा जिल्लामा रहेका ९ वटा स्थानीय तहहरु मध्ये खप्तड छेडेदह गाउपालिका पनि एक हो । यस गाउपालिको सिमाना पूर्वमा बडिमालिका नगरपालिका, पश्चिममा बझागं जिल्ला, उत्तरमा गौमुल गाउपालिका र दक्षिणमा बुढिगंगा नगरपालिका र अछाम जिल्ला सँग जोडिएको छ । यो गाउपालिका समुद्री सतह देखि १०४० मिटर देखि ३१०० मि. सम्म फैलिएको छ । यस गाउपालिकाको अधिकाँश भूभाग उच्च पहाडी क्षेत्र भित्र पर्दछ । यो गाउपालिका 516666,515240 मि पश्चिमी देशान्तर देखि 540649,002753मि.पूर्वी देशान्तर सम्म फैलिएको छ भने 3259643,452910मि उत्तर देखि 3246053,996314 मि दक्षिणी अक्षाँश सम्म फैलिएको छ । यस गाउँपालिकाको अधिकाँश भ–ुभाग उच्च पहाडी क्षेत्रमा पर्दछ । यस गाउँपालिकाको अधिकाँश भुभाग भिरालो रहेको छ । कही कही खोला तथा नदी किनारामा भने साना साना फाट तथा खोँचहरु पनि रहेका छन । यस गाउँपालिकामा वनजंगलले मात्र ४१.७३ प्रतिशत भुभाग ओगटेको छ । घासे भ–ुभाग, वुट्यान र उजाड भुभागले पनि २१.६७ प्रतिशत ओगटेको छ । चट्टानी भागले ०.००९८ प्रतिशत ओगटेको छ ।

Facility & Service Details
Chairman
Dil Bahadur Rawat-9865954003
Vice- Chairman
Bishu Devi Nath-9865955688
Chief Administrative Officer
Tech Bahadur Mouni-9858076268
Contact Information
Join Our Community
Help Us Improve

Notice something wrong? Help us keep Diary Nepal accurate for everyone.