+977-1-5269589 diarynepalinfo@gmail.com Kathmandu, Nepal
Loading...
Public Notice

Chhayanath Rara Municipality

Municipality Office
Share this information

संक्षिप्त परिचयः नेपालका सात वटा प्रदेश मध्ये हालको कर्णाली प्रदेशमा पर्ने मुगु जिल्ला अन्तर्गत साविकका श्रीनगर,कार्कीवाडा,रोवा,रुगा र पिना गाँउ विकास समितिहरु गाभिएर छाँयानाथ रारा नगरपालिका बनेको हो।धार्मिक मान्यता अनुसार नेपालका महत्वपूर्ण चार धामहरु बराहक्षेत्र, पशुपतिक्षेत्र, मुक्तिनाथक्षेत्र, ऋषिकेश/रुरु क्षेत्र जस्तै छायाँनाथ पनि हिन्दूधर्मावलम्वीहरुको एउटा प्रशिद्ध धाम हो । यस जिल्लाको ठूलो आस्था र विश्वासको धरोहर छायाँनाथ ठाकुरज्यूको नित्य पुजाको लागि हालको छायाँनाथ रारा नगरपालिकाको वडा नम्वर दुईकाे चैन गाउँमा गाथ रहेको छ ।मुगु कर्णाली नदी यसै नगरपालिका भएर बग्दछ। नेपालकै सबै भन्दा ठूलो रारा ताल यसै नगरपालिकामा रहेकोले सो ताल र छायाँनाथ देवताको संयुक्त अस्तित्वलाई मान्यता दिई दुवैको नामबाट यस नगरपालिकालाई छायाँनाथ रारा नामाकरण गरिएको हो ।यस जिल्लामा प्रवेश गर्न पूर्वपश्चिम लोकमार्गलाई बाँकेको कोहलपुरमा छाडेर सुर्खेत, दैलेख, कालिकोट, जुम्ला हुँदै सडकमार्गबाट पुग्न सकिन्छ भने नेपालगञ्जबाट हवाईमार्ग मार्फत ताल्चा विमानस्थलमा आउन पनि सकिन्छ। नेपालमा पहिलो पटक संविधान सभाबाट नेपालको संविधान निर्माण भई जारी भए सँगै देशलाई एकात्मक तथा केन्द्रीकृत शासन व्यवस्थाबाट संघीय लोकतान्त्रिक गणतान्त्रिक मुलुकका रुपमा रुपान्तरित गरिएको छ ।वि.सं २०७८ सालको राष्ट्रिय जनगणना अनुसार यस नगरपालिकाको कुल जनसंख्या २४,५२७ रहेको छ ।यस नगरपालिकाको क्षेत्रफल ४८,०६९ हेक्टर र खेतीयोग्य जमीन ४,४०३ हेक्टर रहेको छ । कृषिको लागि माटो राम्रो भए तापनि जमीन समथर नभई भिरालो भएको र मलिलो माटो वर्षेनी बग्दै जाँदा कृषिको उर्वरा शक्ति नष्ट हुँदै गएको छ। परम्परागत कृषि प्रणाली, सिंचाईको असुविधा खेती लगाउने समयमा उन्नत बीउँ, मलको अभाव जस्ता कारणले कृषि उपजले कृषकको जीवनस्तरमा अपेक्षीत परिवर्तन आउन सकेको छैन । केही कृषकहरुले भने यस नगर भित्र वर्षमा बाह्रै महिना हरिया सागपातमा उत्पादन गर्दै आत्मा निर्भर हुन खोजिरहेका छन् ।

Facility & Service Details
Chairman
Vishnu Kumar Bham-9868377670
Vice- Chairman
Aishwarya Malla-9858320739
Chief Administrative Officer
Lok Raj Bhatt-9851198824
Contact Information
Join Our Community
Help Us Improve

Notice something wrong? Help us keep Diary Nepal accurate for everyone.