+977-1-5269589 diarynepalinfo@gmail.com Kathmandu, Nepal
Loading...
Public Notice

Chharka Tangsong Rural Municipality

Municipality Office
Share this information

नेपालको कर्णाली प्रदेशको १० जिल्ला मध्ये तुलनात्मक रुपमा दूर्गम हिमाली जिल्लाको रुपमा रहेको डोल्पा जिल्लाका ८ वटा स्थानीय तहहरु मध्ये छार्का ताङसोङ गाउँपालिका पनि एक हो । नेपालको मध्य पश्चिम भागमा अवस्थित यो गाउँपालिकाका राष्ट्रिय सडक सञ्जाल र केन्द्रीय विद्युत प्रशारण लाईनबाट जोडिन नसकेतापनि आर्थिक, सामाजिक, पुरातात्विक, धार्मिक एवं ऐतिहासिक महत्व बोकेको प्रमुख दर्शनीय स्थलहरुमा विश्व कै उचाईमा रहेको मानव बस्ती छार्का भोट (४३५० मी.), पुथा हिमाल(७२४६ मी.), मुकोट हिमाल, अरनिको चुली, धौलागिरी हिमाल दोश्रो, रोमजेन हिमाल, विश्व कै उचाईमा हालसालै फेला परेको वाङवुर ताल (५३७० मी.), सेरतो ताल, याक ताल, चाक्चु ताल, छार्का किरफुक ताल, फेतिलिङ गुम्बा, साछेन गुम्बा,तार्चोङ छोलिङ गुम्बा, याङगोन थोङड्रोल गुम्बा, ढक्मार गुम्बा, घेरावाँङ साम्दिक छोईलिङ गुम्बा, र महत्वपूर्ण हिमाली जडिबुटी यार्सागुम्बा आदि हुन । प्रशस्त संभावनाहरु हुँदाहुँदै पनि ठूला ठूला उद्योग धन्दा कलकारखाना स्थापना भईनसकेको र पर्यटन क्षेत्रको बिस्तार पनि हुन नसकेको हुँदा अन्य छिमेकी पालिका तथा जिल्लाहरुको जस्तै यस पालिकाको पनि जीविकोपार्जनको मुख्य आर्थिक आधार पशुपालन र कृषि नै रहन गएको छ । यो गाउँपालिका साविकमा कायम रहेका छार्का र मुकोट गा. वि. स. लाई समावेश गरेर बनाईएको हो । स्थानीय भाषामा ‘छा’ को अर्थ नून र ‘घा’ को अर्थ राम्रो भन्ने हुन्छ । यस क्षेत्रमा राम्रो नून पाईने हुनाले यसलाई ‘छा’ ‘घा’ भनी बुझ्न थालियो । यसरी ‘छा’ ‘घा’ नाम अपभ्रंश भई बोलीचालिको भाषामा छार्का हुन गएको हो भने मुकोट हिमालको नामबाट मुकोट गा. वि. स. नाम रहन गएको हो । छार्का देखि तल मुकोट गा. वि. स. को क्षेत्रलाई स्थानीय भाषामा ताङसोङ भनी बुझिन्थ्यो । यसरी स्थानीय तहहरुको पुनर्संरचना हुँदा यसको नाम छार्का ताङसोङ रहन गएको हो भन्ने भनाई रहेको पाईन्छ । नेपालको संविधान (२०७२) बमोजिम नेपाल सरकारले स्थानीय निकायहरुको पुनःसंरचनाको लागि गठन गरेको उच्च स्तरीय आयोगले २०७३ पुष २२ मा नेपाल सरकारलाई बुझाएको प्रतिवेदन नेपाल सरकारले परिमार्जन गरी २०७३ फागुन २७ गतेबाट स्थानीय तह लागू गर्ने निर्णय अनुसार नेपालको कर्णाली प्रदेशमा अवस्थित हिमाली जिल्ला डोल्पा एक हो । भौगोलिक विविधता हिमाल, पहाड, पाखा, पखेरा, खोल्सा, खोल्सी, खोंच र बेंसि तथा अन्य प्रकृति सम्पदाहरुले भरिएको यस जिल्लाको साविकका गा.वि.स.हरु मध्ये छार्का र मुकोट गाविसलार्ई समायोजन गरी छार्का ताङसोङ्ग गाउँपालिका गठन गरिएको हो । २०७३ सालमा गठित स्थानीय निकाय पूनंःसंरचना आयोगले गरेको सिफारिस बमोजिम डोल्पा जिल्लामा २ वटा नगरपालिका र ६ वटा गाउँपालिकामा विभाजित भएको छ । ६ वटा गाउँपालिका मध्ये छार्का ताङसोङ गाउँपालिका पर्यटकिय सम्भावना भएको , यातायातका दृष्टिले दुर्गम, जातजातिको हिसावले केहि बढि गुरुङ जातीको बाहुल्यता तथा अन्य सबै भोटे जातीको बसोबास रहेको देखिन्छ । कुल क्षेत्रफल ३४५.५८ वर्ग कि.मि. रहेको यस छार्का ताङसोङ गाउँपालिका प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक तथा धार्मिक दृष्टिकोणले एक प्रमुख पर्यटकिय गन्तब्य भएको पालिका हो । पर्यटकिय गन्तब्यहरुको विविधकरण गर्दै नयाँ पर्यटकिय स्थल र उपजहरुको पहिचान विकास तथा पर्यटकिय पुर्वाधारहरुको विकास गरी पर्यटक उद्योगलाई एक प्रमुख आधारको रुपमा विकास गर्नपर्ने देखिन्छ ।

Facility & Service Details
Chairman
Senang Gurung 9858028477
Vice- Chairman
Karma Dhundup Gurung 9864341094
Chief Administrative Officer
Bishal Paudel 9858366063
Contact Information
Join Our Community
Help Us Improve

Notice something wrong? Help us keep Diary Nepal accurate for everyone.