+977-1-5269589 diarynepalinfo@gmail.com Kathmandu, Nepal
Loading...
Public Notice

Chaurpati Rural Municipality

Municipality Office
Share this information

चौरपाटी गाउँपालिका नेपालका पुरानो प्रशासनिक विभाजन अनुसार सुदुरपश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत अछाम जिल्लामा र हाल सुदुरपश्चिम प्र देशमा पर्दछ । विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७५३ स्थानीय तह लागू गर्दा अछाम जिल्लामा रहेका साविकका सिउडी, सोकट, पायल, लुङ्रा, मार्कु र दुनी गाविसका सबै वडाहरुलाई समेटेर चौरपाटी गाउँपालिका घोषणा गरिएको हो । चौरपाटीगाउँपालिकाको क्षेत्रफल १८२.१६ वर्ग किलोमिटर रहेको छ । यो गाउँपालिका ७ वडाहरूमा विभाजन गरिएको छ । भौगोलिक विविधता भएको कारण यहाँको हावापानी उचाई तथा समय अनुरुप फरक फरक छन् । अत्यन्त गर्मी हावापानीदेखि अति ठण्डा हिमाली हावापानीले गर्दा जैविक विविधता एवं वातावरणीय विविधताको दृष्टिले यो ठाउं निकै प्रसिद्ध छ । धेरैजसो पहाडी भुभाग रहेको यस गाउँपालिकामा नदी किनारका समतल मैदान एवं टारहरु, खोंच तथा वेसी रहेका छन् । यस गाउँपालिकाको सिमाना पूर्व दक्षिणमा मंगलसेन, पश्चिम दक्षिणमा डोटि जिल्ला, उत्तरमा खप्तड राष्ट्रिय निकुन्ज र साँफेबगर रहेका छन् । स्थानीय स्तरमा विभिन्न प्रकारका छरिएर रहेको श्रोत साधन, पूँजी र सीप भएरपनि सोको उपयोग हुन नसक्दा चौरपाटी गाउँपालिकामा गरीवीको प्रतिशत उच्च छ । युवाहरुको ठूलो जमात रोजगारीको लागि भारत, खाडी तथा अन्य मुलुकहरुमा गएर काम गरिरहे पनि उनीहरुबाट भित्रिएको विपे्रषणको अधिकांश रकम दैनिक उपभोगमा खर्च हुने गरेकाले स्वदेशमै दीर्घकालीन रोजगारीको श्रृजना गर्न सकिने स्थानीय सीप र कच्चापदार्थमा आधारीत लघु उद्यमको विकास गरी युवा जनशक्तिलाई रोजगारी प्रदान लगायत कृषिमा देखिएको जनशक्तिको खाँचोले पारेको नकारात्मक प्रभावलाई पनि न्यूनिकरणगर्न लघु उद्यमको विकासको आवश्यकता पर्न गएको छ । यस गाउँपालिकामा सामाजिक र साँस्कृतिक विभेदहरु प्रशस्त भएका हुँदा विकासका थुप्रै चुनौतीहरु छन् । त्यसैले यस गाउँपालिकामा गरिने विकासका प्रयासलाई लघु उद्यमको विकासको माध्यमबाट अझ समावेशी वनाउने खाँचो टड्कारो छ । यस गाउँपालिकाका धेरै जसो जनता कृषिमा आधारित भएतापनि प्रति परिवार सरदर एकदम कम जमीन रहेको हुँदा निर्वाहमुखी कृषि प्रणालीबाट गरीव तथा विपन्न वर्गको जिविकोपार्जनमा थप चुनौती बन्दै गएको छ । तसर्थ यस्ता कृषकहरुलाई ब्यावसायिककृषकको रुपमा रुपान्तरित गर्नु अनिवार्य भैसकेको छ । त्यसैगरी वन पैदावारमा आधारित परम्परागत सीप र प्रविधिलाई अधिकतम उपयोगको वातावरण तयार गरी यस क्षेत्रको जिविकोपार्जनलाई लघु उद्यमको माध्यमबाट थप सहज वनाउनु पर्ने खाँचो छ । यस गाउँपालिकाका प्रायः सवै वडामा संचारको सुबिधा पुगीसकेको छ । कच्चि बाटो मार्फत गाउँमा मोटर बाट आवतजावत हुन्छ तथापी बर्खायामको पहिरोको रोकावटको समयमा भने दैनिक यातायातका सेवा सञ्चालनमा हुन भने कठिन नै हुने देखिन्छ । बजार केन्द्रसम्मको सुविधामा ३÷४ घण्टा पैदल यात्रा तथा २०—३० मिनेट जति कच्चि गाडिबाटोको यात्राले नै उद्यमीको उत्पादनलाई आन्तरिक तथा बाह्य बजार संजालमा आबद्ध गर्न सहज हुदै गएको छ ।

Facility & Service Details
Chairman
Bhim Bahadur Saud - 9858484156
Vice- Chairman
Sir Devi Khadka- 9858484155
Chief Administrative Officer
Krishna Prasad Paudyal-9858484154
Contact Information
Join Our Community
Help Us Improve

Notice something wrong? Help us keep Diary Nepal accurate for everyone.