+977-1-5269589 diarynepalinfo@gmail.com Kathmandu, Nepal
Loading...
Public Notice

Byas Rural Municipality

Municipality Office
Share this information

ब्यास गाउँपालिका दार्चुला जिल्लाकाे ग्रामिण हिमालि भेगमा पर्ने गाउँपालिका हाे । याे गाउँपालिका जिल्ला सदरमुकाम बाट १० काेष दुरीमा रहेकाे छ ।साविकका ५ ओटा गाउँविकास समितिहरु मिलेर बनेकाे यस गाउँपालिकामा हाल ६ ओटा वडाहरु छन् यस गाउँपालिकाकाे क्षेत्रफल ८३९.२६ वर्गकिलाेमिटर रहेकाे छ । जनगणना २०६८ अनुसार यस गाउँपालिकाकाे जनसंख्या १०३४७ रहेको थियो भने राष्ट्रिय तथ्यांक विभागको २०७८ को जनगणनाको नतिजा अनुसार ब्याँस गाउँपालिकाको कुल जनसँख्या ९६६८ र जम्मा घरधुरी संख्या २१४३ रहेको छ । जसमध्ये पूरुषहरुको जनसँख्या ४५७८ अथवा कुल जनसंख्याको ४७.३६% र महिलाहरुको जनसंख्या ५०९० अथवा कुल जनसंख्याको ५२.६४% रहेको छ । त्यसै गरि वडागत जनसँख्या लाई अवलोकन गर्दा वडा नं १ को कुल जनसँख्या २३७, वडा नं २ को कुल जनसँख्या १०२३, वडा नं ३ को कुल जनसँख्या १४६४, वडा नं ४ को कुल जनसंख्या २६३१, वडा नं ५ को जनसँख्या १९३७, वडा नं ६ को जनसँख्या २३७६ रहोको छ । यस गाउँपालिकाकाे पुर्व तिर बझाङ, पश्चिम तिर भारत, उतर तिर चीन, र दक्षिण तिर दुहँ, अपिहिमाल र नाैगाड गाउँपालिकाहरुकाे सिमाना जाेडिएकाे छ । हाल यस गाउँपालिकाकाे भाैतिक पुर्वाधार काे रुपमा रहेकाे दार्चुला तिंकर सडक निर्माणाधिन अवस्थामा रहेकाे छ । यातायात काे लागि भारतकाे बाटाे प्रयोग गरि जिल्ला सदरमुकाम सम्म यात्रा गर्न गाउँपालिका भित्र ठाउँ ठाउँमा महाकाली नदीमाथी झोलुंगे पुलहरु निर्माण गरिएका छन भने वर्षायाम बाहेक को समयमा दार्चुला तिंकर सडक बाट समेत गाउँपालिकाको केन्द्र सम्म यात्रा गर्न सकिने अवस्था रहेको छ ।

Facility & Service Details
Chairman
Mangal Singh Dhami- 9868735005
Vice- Chairman
Vinod Singh Kuwar - 9848813731
Chief Administrative Officer
Dharmaraj Joshi 9865597207
Contact Information
Join Our Community
Help Us Improve

Notice something wrong? Help us keep Diary Nepal accurate for everyone.