+977-1-5269589 diarynepalinfo@gmail.com Kathmandu, Nepal
Loading...
Public Notice

Budhinanda Municipality

Municipality Office
Share this information

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको राज्य संरचना अनुसार बाजुरा जिल्ला सुदूरपश्चिम प्रदेशमा अवस्थित रहेको छ । विगतको प्रशासनिक विभाजन अनुसार सेती र महाकाली अञ्चल अन्तर्गतका ९ जिल्ला रहेको यस प्रदेशको बाजुरा जिल्ला सेती अञ्चलमा पर्ने पहाडी जिल्ला हो । राज्यको पुर्नसंरचना अनुसार यस जिल्लामा ९ वटा स्थानीय तह रहेका छन जसमा ४ नगरपालिका र ५ गाँउपालिका छन ।यस जिल्लामा रहेका ४ नगरपालिका मध्ये बुढीनन्दा नगरपालिका पनि एक नगरपालिका हो । बुढीनन्दा नगरपालिका बाजुरा जिल्लाको पुर्वी दक्षिणी क्षेत्रमा अवस्थित रहेको छ।बाजुरा जिल्लाको पुर्वी दक्षिण भागमा अवस्थित यो नगरपालिका प्राकृतिक सम्पदामा धनी तर भौगोलिक विकटताको कारण विकासमा ओझेलमा परेको छ। यस नगरपालिकाको पश्चिममा बडिमालिका नगरपालिका, हिमाली गाउँपालिका, दक्षिणमा जगन्नाथ गाउँपालिका, पुर्वमा स्वामिकार्तिक खापर गाउँपालिका र उत्तरमा हिमाली तथा गौमुल गाउँपालिका रहेका छन । साविकका ५ वटा गा.वि.स मिलाएर यस नगरपालिकाको निर्माण भएको हो ।बाजुरा जिल्लाको दक्षिण पुर्वी भेगमा अवस्थति यो नगरपालिका साविकको कोल्टी गा.वि.स. का सम्पुर्ण वडाहरु, साविकको कोटिला गा.वि.स. का सम्पुर्ण वडाहरु, साविक को जगन्नाथ गा.वि.स. को ९ नं.वडा र बाँधु गा.वि.स. को ८ र ९ नं. वडाहरु समायोजन भर्इ गठन भएको एक नगरपालिका हो । यस नगरपालिकामा जम्मा १० वडाहरु रहेका छन । यो नगरपालिकाको अक्षांश २२ डिग्री २२ मिनेट ४० सेकेन्ड उत्तरदेखि २९ डिग्री ३९ मिनेट ४० सेकेन्ड उत्तरसम्म र देशान्तर ८१ डिग्री ३२ मिनेट २० सेकेन्ड देखि पूर्वेदेखि ८१ डिग्री ४३ मिनेट २० सेकेन्ड पुर्व सम्ममा फैलिएको छ। बाजुरा जिल्लाको दक्षिण पूर्वी भागमा अवस्थति यो नगरपालिका जिल्ला सदरमुकाम मार्तडी देखि ३८ कि.मि दुरीमा रहेको छ । उष्ण जलावायुको प्रभाव देखिने यस भेगमा हिउँदमा कम बर्षा हुने गर्दछ भने बर्षातको समयमा भारी बर्षा हुने गर्दछ । सयम सयममा बड्डीगाड, खुल्मीगाड र धुपे खोलामा बर्षायाममा आउने बाढीबाट यो नगरपालिका बढी प्रभावित रहेको छ । उष्ण हावापानी हुने भएकोले यस क्षेत्रमा अन्न बालीमा धान, गहुँ, मकै, तेलहन त्यसैगरी दाल बालीमा मुसुरो अरहर, सिमी फलफुलमा केरा, मेवा, स्याउ र ओखर उत्पादन हुने गरेको पार्इन्छ । कृषि यस नगरपालिकाको मुख्य पेशा रहेको छ ।यस नगरपालिकामा कृषि तथा पशुपालनको क्षेत्रमा करिब ९० प्रतिशत मानिसहरु संलग्न रहेका छन । १.१ क्षेत्रफल, सिमाना तथा धरातलिय स्वरुपः बाजुरा जिल्लाको पूर्वी दक्षिण भेगमा अवस्थित २३२.४8 बर्ग कि.मि क्षेत्रफलमा फैलिएको बुढीनन्दा नगरपालिकाको भु-आकृति स्वरुप करिव सबैजसो पहाडी भुभाग रहेको छ । यस नगरपालिकाको पुर्वमा स्वामिकार्तिक खापर गाउँपालिका, पश्चिममा बडिमालिका नगरपालिका, गौमुल गाउँपालिका, दक्षिणमा जगन्नाथ गाउँपालिका, उत्तरमा हिमाली र गौमुल गाउँपालिका रहेको छ । १.२ प्रशासकीय एवं राजनीतिक विभाजन प्रदेशः सुदूरपश्चिम अञ्चलः सेती जिल्लाः बाजुरा नगरपालिकाः बुढीनन्दा नगरपालिकाको केन्द्रः कोल्टी निर्वाचन क्षेत्र. १.क वडा संख्याः 10

Facility & Service Details
Chairman
Janak Kumar Bohra-9851197427
Vice- Chairman
Ram Bahadur Bohora-9868449619
Chief Administrative Officer
Binod Kumar Paudel-9857835197
Contact Information
Join Our Community
Help Us Improve

Notice something wrong? Help us keep Diary Nepal accurate for everyone.