+977-1-5269589 diarynepalinfo@gmail.com Kathmandu, Nepal
Loading...
Public Notice

Budhiganga Municipality

Municipality Office
Share this information

बाजुरा जिल्लाका नौ वटा स्थानिय तह मध्ये बुढीगङ्गा नगरपालिका पनि एक हो। राज्य पुर्नसंरचनाको क्रममा साविकको ब्रमतोला, कुल्देवमाण्डौं र बाह्रबिस गा.वि.स. मिलेर बुढीगङ्गा नगरपालिका बनेको छ । २९ डिग्री १८ मिनेट ०६ सेकेन्ड देखि २९ डिग्री २५ मिनेट ११ सेकेन्ड सम्म उत्तरी अक्षांश र ८१ डिग्री १५ मिनेट ३६ सेकेन्ड देखि ८१ डिग्री २३ मिनेट २८ सेकेन्ड पूर्वी देशान्तरमा फैलयएको यो नगरपालिका समुद्री सतहबाट ७०८ मिटर देखि २५०० मिटरको उचाइमा रहेको छ। यस नगरपालिकाको नामाकरण बाजुराको प्रमुख नदी बुढीगङ्गाको नामबाट राखिएको हो भने नगरपालिकामा बाजुरा जिल्लाको पुरानो सरमुकाम टाँटे र बाइसे राज्य मध्येको एक प्रमुख राज्य बाजुरा राज्यको बार्जुकोट दरबार (हाल भग्नावशेष मात्र) रहेको छ। यस नगरपालिकाको पूर्वमा- त्रिवेणी नगरपालिका र अछामको मेल्लेख गाउँपालिका, पश्चिममा- खप्तड छेडेदह गाउँपालिका, उत्तरमा- बडीमालिका नगरपालिका र दक्षिणमा- अछाम जिल्लाको साँफेबगर नगरपालिका संग सिमा जोडीएको छ । बाजुरा जिल्लाको पुरानो सदरमुकाम कुल्देवमाण्डौं (टाँटे) नौविसमा यस नगरपालिकाको कार्यापालिकाको कार्यालय रहेको छ । पुरानो इतिहासलाई पल्टाउँदा बाजुरा जिल्लाको राज्य शासन चलाउने बार्जुकोटे राजाको दरबार पनि यस नगरपालिका भित्र रहेको छ र दरबारको भग्नावशेष अहिले पनि हेर्न सकिन्छ । यस नगरपालिकामा बार्जुकोट दरबार, कुडीकोट दरबार, बयालचाका दरबार साथै चुल्ठे देवि भगवतिको मन्दिर जस्ता विभिन्न देवि देवताका मठ मन्दिर र अन्य थुप्रै ऐतिहासिक सम्पदाहरु अवस्थित रहेका छन् । क्षेत्रफलको हिसावले (५९.२) वर्ग कि.मी. रहेको यस नगरपालिकामा करिव ३८% कृषियोग्य भूमी रहेको छ भने ३७% वन क्षेत्र रहेको छ ।यो पालिका अरु नगरपालिका भन्दा सानो र राष्ट्रिय जनगणना २०७८ अनुसार यस नगरपालिकामा जम्मा घरधुरी ४,५५४ र जम्मा जनसंख्या (२०,१८५) रहेको छ जस मध्ये महिला १०,९३१ र पुरुष ९,२९४ रहेका छन् । जम्मा १० वटा वडाहरु रहेको यस नगरपालिकामा कुल साक्षार दर ७१.९०% रहेको छ भने अपाङ्गता भएको जनसंख्या ३.१% रहेको छ । भएको नगरपालिकाको रुपमा चिनिन्छ । यस नगरपालिकामा उष्ण प्रदेशीय र समसितोष्ण प्रदेशीय हावापानि पाइनुका साथै बाजुरा जिल्लाकै सबैभन्दा बढी उर्वर खेतियोग्य जमिन पनि रहेको पाइन्छ । दुर्गम एंव पिछडीयको जिल्लामा पर्ने यस बुढीगङ्गा नगरपालिकाको विकास भने समयानुसार विकसित भईरहेको देखिन्छ । साविकको ३ वटा गा.वि.स. (ब्रमताेला, कुल्देवमाण्डौं र बाह्रविस ) मिलेर बनेको यो नगरपालिकामा १० ओटा वडा रहेका छन् । यस नगरपालिकाको शैक्षिक क्षेत्रमा क्याम्पस १, माध्यामिक तह ८ ,आधारभुततह २१ , संस्थागत विद्यालय ८, सामुदायीक सिकाई केन्द्र ३ र वालविकास केन्द्र ४२ वटा रहेका छन् भने स्वास्थ्य क्षेत्रमा ३ वटा स्वास्थ्य चौकी, १ सामुदायिक स्वास्थ्य इकाई र १ वटा वर्थिङ सेन्टर संचालनमा रहेका छन् । त्यसै गरी कृषि विकास तथा पशु सेवा शाखा मार्फत यस बुढीगङ्गा नगरपालिकाको समृद्धिका लागी कृषि तथा पशु विकास संग सम्वन्धित विभिन्न कार्यक्रमहरु संचालन भइरहेका छन् । भौगोलिक विविधता, विकटता, अशिक्षा, बेरोजगारी र रुडीबादी आदी विभिन्न समस्या हुंदाहुंदै पनि विगत भन्दा अहिले शिक्षा, स्वास्थ्य, संचार, जनचेतनामा, रुडीवादी परम्परा, व्यावसायीक उन्नती आदी विभिन्न पक्ष मा तिब्र गतिमा विकास हुदै गरेकाे देखिन्छ । यस नगरपालिकाका सबै राजनितिज्ञ्य, कर्मचारी, शिक्षक, मिहला, पुरुष, दलित, आदीबासी, जनजाती लगायत सम्पुर्ण नगर बासीहरुले यस क्षेत्रका विविध विषयमा हातेमालो गर्दै अगाडी बढ्ने हो भने यस नगरपालिकाको भविश्य राम्रो हुने निश्चित देखिन्छ ।

Facility & Service Details
Chairman
Ram Bahadur Baniya-9858483991
Vice- Chairman
Maya Khadka (Kunwar)-9858483992
Chief Administrative Officer
Dipak Bhandari
Contact Information
Join Our Community
Help Us Improve

Notice something wrong? Help us keep Diary Nepal accurate for everyone.