+977-1-5269589 diarynepalinfo@gmail.com Kathmandu, Nepal
Loading...
Public Notice

Bitthadchir Rural Municipality

Municipality Office
Share this information

भूपरिवेष्ठित देश नेपालको सुदूरपश्चिम प्रदेशको उत्तरी भागमा अवस्थित रहेको बझाङ्ग जिल्लाको दक्षिणी क्षेत्रको पहाडी भागमा यो वित्थडचिर गाउँपालिका अवस्थित रहेको छ। साविकका स्याँडी, देउलेख र सुनकुडा गाविस मिलाएर हाल वित्थडचिर गाउँपालिका बनेको छ। रहनसहन, लवाईखवाई देखि रितिरिवाज-परम्परा, भाषा सम्पूर्ण कुरा यी तीन गाविस बिच मिलने भएकाले, यी तीन गाविस समावेश गरी एक गाउँपालिकाको रुपमा सिफारिस गरिएको थियो।मिति २०७३।११।२७ गते नेपाल सरकारद्वारा प्रकाशित खण्ड ६६, संख्या ५८, नेपाल राजपत्र भाग ४ को पृष्ठ नं. ३६० र ३६१ मा प्रकाशित रज्य पुनर्संरचनाको प्रतिवेदन अनुरुप यस वित्थडचिर गाउँपालिकाको जम्मा ९ वडा कायम गरी साविक देउलेख गाविस कार्यालयलाई केन्द्रका रुपमा प्रस्तावित गरिएको छ। (विस्तृत प्रतिवेदन अनुसूचि- मा रहेको छ।) धार्मीक प्रर्यटकिय दृष्टिले अति महत्त्वपूर्ण क्षेत्रको रुपमा परिचित,साविक स्याँडी गाविस अन्तर्गत पर्ने, 'वित्थड क्षेत्र' तथा साविक सुनकुडा गाविसको 'चिर क्षेत्र' र देउलेखको चिरासैनी भगवती लाई आधारमानी यस गाउँपालिकाको नामाकरण 'वित्थडचिर' गरिएको हो। .८६.१५ वर्ग कि.मी. क्षेत्रमा फैलिएको यस गाउँपालिकाको कूल जनसंख्या १७,८१२ जना रहेको छ। समुद्र सतहबाट २६५०फिट देखि ८०५० फिटको उचाईमा रहेको यसवित्थडचिर गाउँपालिका,बझाङ्ग जिल्ला प्रवेश मार्ग, (जयपृथ्वी मार्ग) को २१ कि.मी. मोटरबाटोयसै गाउँपालिकाभएर प्रवेश हुन्छ। भौगोलिक अवस्थितिः पुर्व : केदारस्युँ गाउँपालिका पश्चिम : बैतडी जिल्ला उत्तर : बुँगल नगरपालिका दक्षिण : बैतडी जिल्ला : २९०२६’२८” देखि २९०३४’२०” उत्तरी अक्षांश सम्म : ८००४४’५६” देखि ८००५२’४७” पूर्व देशान्तर सम्म समुद्र सतहबाट २६५० फिट देखि ८०५० फिटकोउचाई सम्म। वित्थडचिर गाउँपालिकाको हावापानी तथा भु-बनावटः हावापानी र जलवायु यस गाउँपालिकाको हावापानी उष्ण प्रदेशिय देखि लिएर समशितोष्ण प्रदेशिय हावापानी भित्र पर्दछ। हिउदको समयमा ०० देखि १८० से. सम्म रहन्छ भने गृष्म ऋतुमा अधिकतम तापक्रम ३०० से. सम्म रहन्छ। -बनावटः यस गाउँपालिकाको भूगोल भिरालो र धेरै जसो कडा चट्टान र बनजंगलले घेरेको छ। कुनै ठाँउमा चिम्टयाईलो, पाङगो माटोका साथै धेरै जसो कंकटयुत्त माटो पाईन्छ। त्यसैले माटोको उर्वराशत्तिमा पनि विविधता पाईन्छ। बिक्रम संवत २०७८ सालको जनगणना अनुशार वित्थडचिर गाउँपालिकाको कुल जनसंख्या १७८१२, कुल परिवार संख्या ३११६ र साक्षरता दर ७१.५२% रहेको छ। गाउँपालिकाको वडागत विवरण निम्नानुशार रहेको छ। वडा नं ०१ ०२ ०३ ०४ ०५ ०६ ०७ ०८ ०९ जनसङ्‍ख्या २८३२ १८७४ १२१० २४७१ १५७२ १७९४ १५५६ ९७४ ३५२९ पुरुष १३९९ ८९७ ५७६ ११७३ ७२४ ८८५ ७३१ ४३७ १६१२ महिला १४३३ ९७७ ६३४ १२९८ ८४८ ९०९ ८२५ ५३७ १९१७

Facility & Service Details
Chairman
Ammar Singh Mahar-9851115518
Vice- Chairman
Dhanalakshmi Singh Malla-9868584409
Chief Administrative Officer
Shambhu Thakulla-9858487345
Contact Information
Join Our Community
Help Us Improve

Notice something wrong? Help us keep Diary Nepal accurate for everyone.