+977-1-5269589 diarynepalinfo@gmail.com Kathmandu, Nepal
Loading...
Public Notice

Bhajani Municipality

Municipality Office
Share this information

सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाको मध्य दक्षिणी क्षेत्रमा रहेको यस भजनी नगरपालिकाको पूर्वमा टिकापुर नगरपालिका र जोशीपुर गा.पा., पश्चिममा कैलारी गा.पा., उत्तरमा घोडाघोडी नगरपालिका र जोशीपुर गा.पा. र दक्षिणमा छिमेकी मित्र राष्ट्र भारतको उत्तर प्रदेश राज्यको तिकुनियाँ , बेलरायाँ रहेका छन् । नेपाल सरकारले साबिक भजनी त्रिशक्ति नगरपालिका र थापापुर गा.बि.स. समाबेश गरि मिति २०७३-११-२७ मा घोषणा भएको यस भजनी नगरपालिकाको केन्द्र साबिक भजनी त्रिशक्ति नगरपालिकाको कार्यालय रहेको छ | ९ वटा वडामा विभाजित यस नगरपालिकाको कुल क्षेत्रफल १७६.२५ वर्ग कि.मि. र जनसंख्या ५१८४५ ( महिला २६१२९ , पुरुष २५७१६ ) रहेको छ | दक्षिणमा रहेको मोहना नदी, नगरपालिकाको बिचबाट बग्ने कान्द्रा , काँढा नदी र पुर्व तिरबाट बग्ने पथरैया नदी नै यस नगरपालिकाका दु:ख र संभावनाहरु हुन् | विश्वमा नै लोपोन्मुख जलचर प्राणी डल्फिन यस नगरपालिकाको वडा नं. ३ र ८ को दक्षिणी भागमा रहेको मोहना नदीमा दृश्यावलोकन गर्न सकिने भएकाले पर्यटकीय क्षेत्रको रुपमा बिकाश गर्न सकिने देखिन्छ, त्यस्तै नगरपालिका क्षेत्रभित्र रहेका तालतलैया बिशेष गरी वडा नं.४ बिजुलियामा लौकहभौकाहा ताललाई समेत पर्यटकीय क्षेत्रको रुपमा बिकाश गर्न सकिने सम्भावना रहेको छ | कैलाली जिल्लाकै सबै भन्दा बढी बाढीको डुबान, कटान, पटानीबाट बर्षेनी सयै बिगाहा खेतिबाली नोक्शान भई खाद्यान्न अभाव हुने र बस्तीहरु नै जोखिममा रहेका छन् |

Facility & Service Details
Chairman
Kewal Chaudhary-9868419885
Vice- Chairman
Raju Tiruwa-9821618289
Chief Administrative Officer
Bhoj Raj Bhatt-091580101
Contact Information
Join Our Community
Help Us Improve

Notice something wrong? Help us keep Diary Nepal accurate for everyone.