+977-1-5269589 diarynepalinfo@gmail.com Kathmandu, Nepal
Loading...
Public Notice

Beldandi Rural Municipality

Municipality Office
Share this information

नेपालको सूदुर पश्चिम प्रदेश अन्तर्गत महाकाली अञ्चलको कञ्चनपुर जिल्लामा पर्ने बेलडाँडी गाउँपालिका नेपाल सरकारको मिति २०७३/११/२२ गतेको निर्णयानुसार देशभरी गठन गरिएका ७५३ स्थानिय तहहरु मध्येको एउटा हो । कञ्चनपुर जिल्लाको दक्षिण भेगमा अवस्थित यो गाउंपालिका साविक रौतेली विचवा गा.वि.स.का ७ ८ र ९ वडाहरु,साविक बेलडाँडी गा.वि.स.का पुरै (१–९) वडाहरु समायोजन भइ गठन भएको एक गाउंपालिका हो । यस गाउंपालिकामा जम्मा ५ वटा वडाहरु रहेका छन । जिल्लाको सदरमुकाम भीमदत्तनगर देखि २९ कि.मि टाढा दक्षिण तर्फ रहेको यस गाउंपालिकाको आफ्नै खालको धार्मिक, राजनैतिक, सामाजिक महत्व र विशेषता रहेको छ । यस गाउंपलिकामा आदिवासी थारु समुदाय र पहाडबाट बसाइसराइ गरी आएका विविध जातजाती,धर्म र वर्णका मानिसहरुको मिश्रित बसोवास रहेको छ । पहिले यो डाँडामा बेलका रुखहरुको जंगल रहेकोले सोहि जंगलको नामबाट यस गाउंपालिकाको नाम रहन गएको हो । यस गाउँपालिकाको कुल क्षेत्रफल ३६.५४ वर्ग कि मी रहेको छ । बेलडाँडी गाउँपालिका कञ्चनपुर जिल्लाको निर्वाचन क्षेत्र न. १ मा पर्दछ तथा ईलाका न. २ मा पर्दछ । बेलडाँडी गाउँपालिका २८.४६ उत्तरी अक्षांस तथा ८०.१६ पूर्वी देशान्तरमा अवस्थित रहेको छ । समुन्द्र सतह देखि २८० मिटर देखि ५०० मिटर उचाईमा रहेको यस गाउँपालिकामा उपोष्ण हावापानी भएको पाइन्छ । यस गाउँपालिकाको उत्तर दिशामा शुक्लाफाँटा राष्ट्रिय निकुन्ज , पुर्वमा बेलौरी नगर पालिका र भारतको केहि भू-भाग , पूर्वमा बेलौरी नगरपालिका र पश्चिममा भारत को उत्तर प्रदेश को पिलिभित रहेको छ । बेलडाँडी गाउँपालिका अधिकांश समतल भू-भागले बनेको छ । यस गाउँपालिकाको जनघनत्व ८०४.४८ रहेको छ । १. १ क्षेत्रफल, सिमाना तथा धरातलिय स्वरुपः कञ्चनपुर जिल्लाको दक्षिण भेगमा अवस्थित ३६.५४ वर्ग कि मी क्षेत्रफलमा फैलिएको बेलडाँडी गाउंपालिकाको भु–आकृति स्वरुप करिब सबै जसो समतल रहेको छ । यस गाउँपालिकाको उत्तर दिशामा शुक्लाफाँटा राष्ट्रिय निकुन्ज , पुर्वमा बेलौरी नगर पालिका र भारतको केहि भू-भाग , पश्चिममा भारत को उत्तर प्रदेश को पिलिभित रहेको छ । १.२ प्रशासकीय एवं राजनीतिक विभाजन प्रदेश नं ७ अञ्चल महाकाली जिल्ला कंचनपुर गाउंपालिका बेलडाँडी गाउंपालिकाको केन्द्र बेलडाँडी निर्वाचन क्षेत्र नं १ ईलाका नं १ ख – साविक ३ वडा संख्या ५ १.३ जनसंख्या : २९४२८ ३र संख्या परिवार संख्या र जनसंख्या सम्बन्धि विवरण वडा नं घर संख्या परिवार संख्या जनसंख्या क्षेत्रफल अन्य पुरुष महिला जम्मा १ ७.८२ वर्ग कि मी ९७१ ११४२ २ ३६३३ ३५०४ ७१३९ २ ८.८४ वर्ग कि मी १०९३ १३२० ४४५२ ४१५९ ८६११ ३ ५.६४ वर्ग कि मी ८२६ ८३२ ३ २९७३ २८२६ ५८०२ ४ २.२४ वर्ग कि मी ३६१ ३८१ ११४४ १११० २२५८ ५ १२.० वर्ग कि मी ८५७ ८६२ २८७८ २७४४ ५६२२ hDdf ३६.५४ वर्ग कि मी ४१०८ ४५३७ ५ १५०८० १४३४३ २९४२८ १.४ बेलडाँडी गाउंपालीकाको नक्साः १.५. गाउंपालिका क्षेत्र भित्र पर्ने नदि , खोलानालाहरु तथा तालहरुः सि.न. नदी /खोला ताल/पोखरी कैफियत १ झरना खोला चकोहा ताल २ चौधर नदी कुल्लाह ताल ३ भोग्ला नदि कालिकिच ताल ४ मुर्कट्टा ताल ५ सिसौरा ताल १.६ गाउंपालिका क्षेत्र भित्र पर्ने वनजगंल तथा सामुदायिक वनहरुः १. किसान मध्यवर्ती सामुदायीक वन -झिलमिला २. राधाकृष्ण सामुदायिक वन - राधापुर १.७. गाउंपालिका क्षेत्र भित्र रहेका शैक्षिक संस्थाहरुको विवरणः सि.न. विध्यालयको नाम वडा १ रौलेश्वर मा वि १ २ कालिका आ वि १ ३ सिद्धनाथ आ वि १ ४ कञ्चन आ वि २ ५ सिहपाल आ वि २ ६ त्रिशुलि आ वि २ ७ शैलेश्वरी आ वि २ ८ सिद्धनाथ मा वि ३ ९ सरस्वती मा वि १ १० राधा कृष्ण आ वि ३ ११ सरस्वती जनता मा वि ४ १२ बैजनाथ मा वि ५ १३ गणेश मा वि ५ १४ कालिका आ वि ५

Facility & Service Details
Chairman
Harish Chandra Rana-+977-9801378685
Vice- Chairman
Shanti Nath-+977-9809408413
Chief Administrative Officer
Ramkrishna B.K.-9858731111
Contact Information
Join Our Community
Help Us Improve

Notice something wrong? Help us keep Diary Nepal accurate for everyone.