+977-1-5269589 diarynepalinfo@gmail.com Kathmandu, Nepal
Loading...
Public Notice

Adanchuli Rural Municipality

Municipality Office
Share this information

नेपालकाे कर्णाली प्रदेश अन्तरगर्त पर्ने हुम्ला जिल्लाकाे दक्षिण भागमा अदानचुली गाउँपालिका अवस्थित छ । नेपालकाे सविधान २०७२ काे धारा २९५ काे उपधारा (३) वमाेजिम कायम भएका स्थानिय तहहरू मध्ये अदानचुली गाउँपालिका पनी एक हाे । यसकाे पूर्व र उत्तरमा सर्केगाड गाउँपालिका , पश्चिम र दक्षिणमा ताजाकाेट गाउँपालिका रहेका छन ।साविकका दुई वटा गा.वि.स हरू श्रीनगर र कालीका मिलेर वनेकाे यस गाउँपालिकामा छ वटा वडाहरू रहेका छन । राष्ट्रिय जनगणना २०७८ अनुसार यस गाउँपालिकाकाे कुल जनसंख्या ८२६५ रहेकाे छ भने यसकाे क्षेत्रफल १५०.६१ वर्ग कि . मि रहेकाे छ । यस गाउँपालिकाकाे जनघनत्व ५५ जना प्रति वर्ग कि.मि रहेकाे छ । सून्दर प्राकृतिक वनाेट , जैविक विविधताका साथै पर्यटन व्यावसायले समेत भरिपूर्ण र विविधतापूर्ण जातिय पहिचान रहेकाे छ । यस गाउँपालिकाकाे केन्द्र साविककाे श्रीनगर गा.वि.स मा रहेकाे छ । स्थानिय तह गठन पछिको पहिलो निर्वाचन सम्पन भई अस्थायी कार्यलयहरुमा निर्वाचित जनप्रतिनिधीहरु वाट प्रभावकारी सेवा प्रवाह भइरहेको छl यस गाउँपालिका ले प्रविधिमैत्री सेवामा जोड दिई छिटो र छरितो सेवा प्रदान गर्दे आएकाे छ ।

Facility & Service Details
Chairman
Mohan Vikram Singh - 9851079420
Vice- Chairman
Karna rokaya 9848157218
Contact Information
Join Our Community
Help Us Improve

Notice something wrong? Help us keep Diary Nepal accurate for everyone.