+977-1-5269589 diarynepalinfo@gmail.com Kathmandu, Nepal
Loading...
Public Notice

Bir Hospital

Hospitals 24/7 Emergency
Bir Hospital
Share this information

वि.सं. १९४६ श्रावण १२ गते श्री ३ वीर शम्शेरको पहलमा स्थापित नेपालको सबै भन्दा पुरानो ऐतिहासिक अस्पताल सबै जनताहरूको स्वास्थ्य सेवामा पहुँच पुयाउने लक्ष्य रहेको नेपाल सरकारको केन्द्रीय अस्पतालको रूपमा वीर अस्पताल स्थापना भई आधुनिक विशिष्टकृत उपचारात्मक सेवा प्रदान गदै आएको कुरा सर्वविदितै छ। अस्पतालको चौतर्फी विकासको लागि प्रत्यक्ष उपचारात्मक सेवा प्रवाह गरी राष्ट्रिय स्तरमा दक्ष जनशक्ति समेत उत्पादन गर्नको लागि २०६३ सालमा नेपाल सरकारले चि.वि.रा.प्र. ऐन जारी भई वीर अस्पताल चि.वि.रा.प्र.को रुपमा विकास गर्दै विभिन्न शैक्षिक क्रियाकलाप (MD. MS, MCH, DM, BSc Nursing. BMS, MN) तथा अनुसन्धानमूलक पद्धति विकास गर्ने संस्थाको रुपमा अघि बढाइएको छ । नेपाल सरकार मन्त्री परिषदले मिति २०७८/०३/२१ को निर्णयानुसार कोमिड-१९ युनिफाइड केन्द्रीय अस्पताललाई थप ८३१ नयाँ दरबन्दी थप गरी स्वास्थ्य मन्त्रालय अन्तर्गत पुल दरबन्दी कायम गरी सेवा अघि बढाइएको छ । अति गरीब, बेवारिसे, हिंसा पीडित महिला असहाय निमुखा, अपाङ्ग, जेष्ठ नागरिक, अल्पसंख्यक, जनआन्दोलनका घाइते जस्ता विरामीहरुको लागि सर्वसुलभ तथा निशुल्क रुपमा गुणस्तरीयता कायम गरी विशेषज्ञता सेवासहितको सेवा प्रवाह गरिदै आएको छ । १५ शैयाबाट शुरु भई ४६० शैयामा सेवा दिइरहेको वीर अस्पताल हाल नयाँ सर्जिकल भवनबाट थप सेवा शुरु भएसंगै ९६० शैया सञ्चालन योग्य अवस्थामा रहेको छ । हाल वीर अस्पतालका पुराना भवनहरु साथै जापान सरकारको सहयोगमा निर्मित JICA भवन तथा नव निर्मित सर्जिकल भवन सञ्चालनमा रही सेवा प्रवाह भइरहेको छ । JICA भवनमा मेडिकल स्पेसियालिटिको नेफ्रोलोजी, ग्यास्ट्रोइन्टेरोलोजी तथा कार्डियोलोजी सेवाहरु सञ्चालन भइरहेका छन् भने अन्य सेवाहरु पुरानै भवनहरुमा सञ्चालित रहेका छन्। नयाँ सर्जिकल भवनबाट हाल COVID-19 (Covid ICU, Covid HDU, Covid Ward), Radiology, Blood Bank, PCR Lab, Surgical OT, CTVS, Kidney Transplant, Oncology ward, Cabin, Surgical Ward तथा Surgical ICU सेवा प्रवाह भइरहेको छ । हाल दुवाकोटमा वीर अस्पतालले स्थानीय जनतालाई स्वास्थ्य सेवा प्रदान गर्न General OPD, Pathology सेवा तथा Radiology सेवा सञ्चालन गरिरहेको छ । नयाँ Surgical Building को छैठौं तल्लाबाट चौविसै घण्टा Teleconsultation Hotline No. 1133 बाट सेवा प्रवाह भइरहेको छ । त्यसैगरी देशकै राष्ट्रिय स्तरको Simulation Lab - National Simulation Lab स्थापना भएको छ। यसबाट सम्पूर्ण राष्ट्रका चिकित्सा तथा स्वास्थ्यकर्मीहरुले आफ्नो सीप अभिवृद्धि गर्ने अवसर प्राप्त हुनेछ भन्ने विश्वास लिएका छौं ।

Facility & Service Details
Director
Assoc. Prof. Dr. Bikash Nepal
Spokesperson
Assoc. Prof. Dr. Anita G.C
Vice Chancellor
Prof. Dr. Bibek Acharya
Contact Information
Join Our Community
Help Us Improve

Notice something wrong? Help us keep Diary Nepal accurate for everyone.